पर्यटन व्यवसायी नरेशलाई पितृशोक

समाधान संवाददाता २०७९ माघ २१ गते १८:२१

पोखरा ।
पर्यटन व्यवसायी तथा समाजसेवी नरेश भट्टराई पितृशोक परेको छ । उनका पिता हरिकृष्ण भट्टराई (डम्बरबहादुर)को ७३ वर्षको उमेरमा शनिबार बिहान आफ्नै निवास पोखराको लेकसाइडमा निधन भएको हो ।

स्वर्गिय भट्टराईका एक छोरा नरेश र दुई छोरी तारा भट्टराई केसी र गिता भट्टराई भण्डारी छन् । मृतक भट्टराईको लेकसाइडको शवयात्रा सहित रामघाटमा अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल पोखरा (रेवान)का अध्यक्ष तथा होटल माउण्ट कैलाशका सञ्चालक नरेशका पिता हरिकृष्णको निधनप्रति पर्यटन व्यवसायीका संघ संस्थाले दुख व्यक्त गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया