राष्ट्रपतिका लागि रोइकराइ गर्दिनँः डा. बाबुराम

समाधान संवाददाता २०७९ माघ २२ गते १०:३९

पोखरा ।
पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपतिका लागि आफूले रोइकराई नगर्ने बताएका छन् ।

Advertisement

पार्टीको गण्डकी प्रदेश समितिले शनिबार पोखरामा आयोजना गरेको जनवर्गीय संगठनहरुको संयुक्त भेला तथा राजनीतिक अभिमुखीकरणमा डा. भट्टराईले राष्ट्रपतिमा आफ्नो नाम पनि जोडिए पनि त्यसका लागि रोइकराइ नगर्ने बताएका हुन् ।

‘मैले पदका लागि कहिल्यै खोजिनँ, हिजो प्रधानमन्त्री हुन्छु भनेर हिँडेको होइन । परिस्थितिले बनायो, बनियो । जति सक्दो गरियो । अहिले पनि राष्ट्रपति भएछ भने ठीकै छ, भएन छ भने त्यतिको निम्ति रोइकराई गर्ने मेरो स्वभाव छैन,’ भट्टराईले भने ।

राष्ट्रपतिमा ३ वटा सम्भावना रहेको पूर्व प्रधानमन्त्री डा. भट्टराई जिकिर गरे । ‘कांग्रेसले ठूलो पार्टी भएको नाताले हामीले पाउँछौं भनेर ¥याल काढ्नु स्वाभाविक हो ।

एमालेले त पहिले प्रधानमन्त्री बनाउने बेलामा नै राष्ट्रपति हाम्रो हो भन्या हो भनेर ओलीजी बोलिराख्नुभएको छ अर्कोतिर उपप्रधानमन्त्री र अरु दल छन्, उनीहरु चाहिँ किन त्यस्तो गर्नुपर्‍यो राष्ट्रपति भनेको त देशको साझा संविधानको रक्षक पनि हो ।

Advertisement

हिमाल, पहाड, तराई सबै जनता र राष्ट्रिय, अन्तर्राष्ट्रिय समुदायले पनि विश्वास गर्न सक्ने बनाऊ भन्ने छ,’ उनले भने, ‘कुन हुन्छ अहिले भन्न सकिँदैन, ३ वटै सम्भावना छन् ।’

हालसम्म भएका राष्ट्रपति राष्ट्रको छवि बढाउनेभन्दा नेताको हतियार भएको डा. भट्टराईले आरोप लगाए । उनले भने, ‘हिजो बच्चा खालको राष्ट्रपति बनाउदा खेरि राम्रो छवि भएन, चाहे पहिलो राष्ट्रपति या दोस्रो राष्ट्रपति, उहाँहरुको छविचाहिँ सम्मान बढाउने खालको भन्दा पनि कुनै एउटा नेताको हतियार जस्तो कमजोर पात्रको बन्यो ।’

तपाईको प्रतिक्रिया