बहिरा सेभेन ए साइड जारी

पोखरा ।
पोखरा रंगशालामा जारी दोस्रो राष्ट्रिय बहिरा सेभेन ए साइड फुटबल प्रतियोगिताको क्वाटर फाइनल समीकरण पूरा भएको छ ।
गण्डकी बहिरा संघ अन्तर्गतको पोखरा बहिरा युवा तथा खेलकुद समिति पोखरा ८ ले आयोजना गरेको प्रतियोगितामा लुम्बिनी, सर्लाही, स्याङ्जा, कैलाली बहिरा संघ सेमिफाइनलमा प्रवेश गरेको संयोजक सिजन हिराचन थकालीले जानकारी दिए । सेमीफाइनल र फाइनल खेल आइतबार हुनेछ ।
शनिबार भएको क्वाटर फाइनल खेलमा कैलाली बहिरा संघले गोरखा बहिरा संघलाई २ का विरुद्ध ३ गोल गरी सेमिफाइनलमा प्रवेश गरेको हो । काठमाडौं बहिरा संघलाई ० का विरुद्ध १ गोलले पराजित गरेको गोरखा बहिरा संघलाई क्वाटर फाइनल खेलमा कैलाली बहिरा संघले हराएको छ ।
अर्को खेलमा स्याङ्जा बहिरा संघले गण्डकी बहिरा संघलाई पेनाल्टी सुट आउटमा ५–४ ले पराजित गरेको गण्डकी बहिरा संघका सचिव किसान तामाङले बताए ।
क्वाटर फाइनलमा सर्लाही बहिरा संघले बाँके बहिरा संघलाई ० का बिरुद्ध १ गोलले पराजित गरी सेमिफाइनलको यात्रा तय गरेको छ । अर्को खेलमा लुम्बिनी बहिरा संघले ललितपुर बहिरा संघलाई ० का बिरुद्ध १ गोलले हराएको छ ।
प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमले क्रमशः ७५ हजार र ४० हजार नगद पुरस्कार पाउने संयोजक थकालीले जानकारी दिए । प्रतियोगितामा देशभरीका १४ टिमले भाग लिएका छन् । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’भन्ने नाराका साथ भएको प्रतियोगिता गण्डकी प्रदेश सामाजिक तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले उद्घाटन गरेका हुन् ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया