माघ २९ देखि ह्यान्डबल

समाधान संवाददाता २०७९ माघ २२ गते १२:३९

पोखरा ।
पोखरामा यही माघ २९ गतेदेखि नवौं कास्की कप ह्यान्डबल प्रतियोगिता हुने भएको छ । नवौं कास्की तथा छैटौं एकता कप विद्यालय स्तरीय छात्र/छात्रा ह्यान्डबल प्रतियोगिता यही फागुन २ गतेसम्म पोखरा रंगशालामा हुने भएको कास्की जिल्ला ह्याण्डबल संघले जनाएको छ ।

प्रतियोगितामा कास्कीका सामुदायिक तथा निजी विद्यालयका गरी छात्रतर्फ करिब १४ र छात्रा तर्फ १२ टिमको सहभागिता हुने अपेक्षा गरेको संघ कास्की अध्यक्ष चित्र थापाले बताए ।

विजेताले जनही १० हजार, उपविजेताले ५ र तेस्रो हुनेले ३ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पनि नगदसहित सम्मान गरिने भएको छ ।

Advertisement

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजना हुने उक्त खेलले विद्यालय स्तरबाटै ह्यान्डबल खेलको विकास गर्न थप मद्दत पुग्ने अध्यक्ष थापाले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया