हरेक घरमा शुद्द खानेपानी पुग्नेछ: मन्त्री गुरुङ

पर्वत ।
गण्डकी प्रदेशका कृषि, उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बेदबहादुर गुरुङले पर्वतको जलजला गाउँपालिकाको पर्वत बेनी खानेपानी आयोजनाको उद्घाटन गरेका छन् । २०७४ सालमा निर्माण सुरु भएको पर्वत बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामार्फत वितरीत खानेपानी आयोजनालाई शनिबार मन्त्री गुरुङले औपचारिक उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रम पछि गुरुङले खानेपानी आयोजना सफल भएकोमा खुसि व्यक्त गरे । गण्डकी प्रदेशका हरेक घरमा शुद्द खानेपानी पुर्याउने प्रदेश सरकारको योजना रहेको उनले बताए । खानेपानी लिफ्ट गर्दा विद्युतमा लाग्ने महसुलमा छुट दिने व्यवस्था रहेकाे गुरुङकाे भनाइ छ । कार्यक्रममा संविधान सभा सदस्य नवराज शर्मा, प्रदेश सदस्य भक्त कुँवरले बोलेका थिए।
खानेपानीबाट पर्वतको बगरफाँट, बेनीबजार तथा लामाखेतका ६ सय ६४ घरधुरीका झण्डै ७ हजार जनसङ्ख्या लाभान्वित भएको कुरा उपभोक्ता समितिका अध्यक्ष्य लोकनाथ रेग्मीले बताए। करिब १२ करोड ४३ लाख रुपैयाँको लागतमा सम्पन्न भएको योजनाको पर्वत बेनीको आटारीमा ४ लाख लिटर क्षमताको ट्यांकीबाट पानी २४ सै घण्टा वितरणको व्यवस्था मिलाइएको रेग्मीले बताए ।
चैत, वैशाखमा खानेपानीको समस्या नहोस् भनेर कालीगण्डकी नदीबाट पम्पिङ गरिएको रेग्मीले जानकारी दिए । ‘जिल्लाको उत्तर पश्चिम भेगमा अवस्थित बेनीका बासिन्दा वर्षौँ देखि काली गण्डकीको दुषित पानी खानु परेको थियो । यहि कुरालाई मध्यनजर गर्दै सरकारको ७० प्रतिशत र स्थानीयको ३० प्रतिशत लागतमा आयोजना निर्माण भएको हाे,’ उनले भने ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया