हरेक घरमा शुद्द खानेपानी पुग्नेछ: मन्त्री गुरुङ

समाधान संवाददाता २०७९ माघ २२ गते १२:५८

पर्वत ।
गण्डकी प्रदेशका कृषि, उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बेदबहादुर गुरुङले पर्वतको जलजला गाउँपालिकाको पर्वत बेनी खानेपानी आयोजनाको उद्घाटन गरेका छन् । २०७४ सालमा निर्माण सुरु भएको पर्वत बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामार्फत वितरीत खानेपानी आयोजनालाई शनिबार मन्त्री गुरुङले औपचारिक उद्घाटन गरेका हुन् ।

Advertisement

उद्घाटन कार्यक्रम पछि गुरुङले खानेपानी आयोजना सफल भएकोमा खुसि व्यक्त गरे । गण्डकी प्रदेशका हरेक घरमा शुद्द खानेपानी पुर्‍याउने प्रदेश सरकारको योजना रहेको उनले बताए । खानेपानी लिफ्ट गर्दा विद्युतमा लाग्ने महसुलमा छुट दिने व्यवस्था रहेकाे गुरुङकाे भनाइ छ । कार्यक्रममा संविधान सभा सदस्य नवराज शर्मा, प्रदेश सदस्य भक्त कुँवरले बोलेका थिए।

खानेपानीबाट पर्वतको बगरफाँट, बेनीबजार तथा लामाखेतका ६ सय ६४ घरधुरीका झण्डै ७ हजार जनसङ्ख्या लाभान्वित भएको कुरा उपभोक्ता समितिका अध्यक्ष्य लोकनाथ रेग्मीले बताए। करिब १२ करोड ४३ लाख रुपैयाँको लागतमा सम्पन्न भएको योजनाको पर्वत बेनीको आटारीमा ४ लाख लिटर क्षमताको ट्यांकीबाट पानी २४ सै घण्टा वितरणको व्यवस्था मिलाइएको रेग्मीले बताए ।

चैत, वैशाखमा खानेपानीको समस्या नहोस् भनेर कालीगण्डकी नदीबाट पम्पिङ गरिएको रेग्मीले जानकारी दिए । ‘जिल्लाको उत्तर पश्चिम भेगमा अवस्थित बेनीका बासिन्दा वर्षौँ देखि काली गण्डकीको दुषित पानी खानु परेको थियो । यहि कुरालाई मध्यनजर गर्दै सरकारको ७० प्रतिशत र स्थानीयको ३० प्रतिशत लागतमा आयोजना निर्माण भएको हाे,’ उनले भने ।

Advertisement

तपाईको प्रतिक्रिया