वित्तीय संस्था कर्मचारी संघमा याम

पोखरा ।
नेपाल वित्तिय संस्था कर्मचारी संघ कास्की जिल्ला कार्यसमितिको शुक्रबार भएको नवौं अधिवेशनले यामबहादुर रानाभाटको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । संघको उपाध्यक्षमा कृष्णप्रसाद बराल, सचिव सन्तोष सुवेदी र कोषाध्यक्ष नवीन भण्डारी छन् ।
सदस्यमा शंकर भण्डारी, देवी लामिछाने, मुना जिसी, निलम लम्साल, सुनिता कार्की, गणेश आले, मञ्जु आले, कुलबहादुर तामाङ र गोपिनाथ पोखरेल छन् । कार्यक्रममा नेपाल ट्रेड युनियन गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्माले श्रमिकको हकहितका लागि वर्तमान सरकार गम्भीर नभएको हुँदा सबै श्रमिक एकजुट हुनपर्ने बताए ।
नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समिति सदस्य ओमकार गिरीले वित्तीय क्षेत्रका कर्मचारीको हकहितका लागि राष्ट्रिय समितिले विविध कार्य गर्दै आएको बताए । संघका अध्यक्ष ज्ञाज शर्माले आफ्नो कार्यकालमा कोरोना महामारीको कारण संस्थाले सोचे जस्तो काम गर्न नपाएको उल्लेख गर्दै आगामी दिनमा संस्थाका गतिविधिलाई निरन्तर अगाडि बढाउनुपर्ने वताएका थिए ।
नवनिर्वाचित अध्यक्ष रानाभाटले वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीले आफ्नो अधिकार र कर्तव्यलाई आत्मसात गर्दै संस्थाको गरिमालाई उच्च पार्ने कार्य गर्ने प्रतिवद्धता गरे । कार्यक्रममा उपाध्यक्ष सूर्यरमण पराजुलीले पनि बोलेका थिए ।
तपाईको प्रतिक्रिया