सिद्धार्थ नमुना समूहमा दुर्गाको नेतृत्व

पोखरा ।
सिद्धार्थ नमुना दिदीबहिनी समूह पोखरा १७ छोरेपाटनको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले दुर्गादेवी बरालको नेतृत्वमा नयाँ समिति चुनेको छ । ११ सदस्यीय समितिको उपाध्यक्षमा दुर्गा ढकाल, सचिव सुनिता तिमिल्सिना, सहसचिव अन्जना बोगटी र कोषाध्यक्ष इन्दिरा पौडेल छन् ।
यस्तै, सदस्यमा शान्ति कार्की, मञ्जु रिमाल, हरिकला अधिकारी, कल्पना शर्मा अधिकारी, कल्पना परियार र ज्योति गुरुङ छन् । सल्लाहकारमा सरिता शर्मा, शान्ति बराल, सुभद्रा बास्तोला, जमुना गुरुङ, टीका लामिछाने, हिरा गदाल र जूना बास्तोला छन् ।
नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन समिति संयोजक तुलसी बरालले पद तथा गोपनियताको सपथ गराए । कार्यक्रममा पोखरा १७ की वडाध्यक्ष राधिका शाहीले समूहलाई महिलाको नेतृत्व विकास र सीप विकासमा ध्यान दिन आग्रह गरिन् ।
दुर्गादेवी बरालको अध्यक्षतामा भएको कार्यक्रममा दुर्गा मन्दिर व्यववस्थापन समिति अध्यक्ष नारायणप्रसाद बराल, धर्मराज अर्याल, तुलसीराम बराल, नरनाथ बराल, मोहनलाल पौडेल, पोतप्रसाद पौडेल, शोभाखर ढकाल, मीना पोखरेल, जानुका पौडेल, दुर्गा ढकाल लगायतले बोलेका थिए ।
सभाले समुहकी कोषाध्यक्ष ईन्दिरा पौडेलको आर्थिक प्रतिवेदन र सचिव लक्ष्मी अर्यालको प्रगति प्रतिवदेन पारित गरेको छ ।








सम्पादकीय—निर्वाचन सुरक्षा र प्रहरी प्रशासनको दायित्व
निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया