अन्नपूर्ण १० मा निस्सा वितरण

पोखरा ।
अन्नपूर्ण गाउँपालिका कास्कीले वडा नं. १० मा निस्सा वितरण गरेको छ । गण्डकी प्रदेशमै सबैभन्दा पहिला निस्सा वितरण कार्यक्रम सुरुवात गरेको अन्नपूर्ण गाउँपालिकाले शनिबार वडा नं १० मा १० जना भूमीहीन दलित, ७ जना भूमीहीन सुकुम्बासी र ३ जना अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरेको हो ।
वडाध्यक्ष गौतम गुरुङ को अध्यक्षतामा भएको कार्यक्रममा गाँउपालिका अध्यक्ष विष्णुबहादुर केसीले राम्रो कार्यक्रमको सुरुवात भएको कार्यकालको पहिलो वर्षमै सबै भूमीहीनलाई जग्गा उपलब्ध गराएर भूमीपति बनाइने जनाए ।
कार्यक्रममा राष्ट्रिय भूमी आयोग अन्नपूर्ण गाउँपालिका इकाइ फोकल पर्सन ई प्रभात पौडेलले गाउँपालिकाका सबै वडामा फागुन महिनाभित्र निस्सा वितरण गर्ने र जग्गा धनी पुर्जा वितरण गर्ने नेपालमै पहिलो स्थानीय तह हुने बताए ।
उनले गाउँपालिकाले भूमीहीनलाई आवास प्रयोजनका लागि ३ सय ४० वर्ग मिटर र कृषि प्रयोजनका लागि २ हजार वर्ग मिटर जग्गा उपलब्ध गराइने जनाए ।
वडाध्यक्ष गुरुङले राष्ट्रिय भूमी आयोगको कार्यविधि अनुरुप वडाबाट गर्नुपर्ने सबै काम भएको र यथाशक्य यही वडामा र नपाएको खण्डमा गाउँपालिकाभित्र व्यवस्थापन गर्ने जनाए ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया