कालिका माविको वार्षिकोत्सव

पोखरा ।
पोखरा १० मा रहेको कालिका माध्यमिक विद्यालय तथा कालिका पब्लिक कलेजले शनिबार ५९ औं वार्षिकउत्सव मनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सासंद मनबहादुर गुरुङले विद्यालयले शिक्षाक्षेत्रमा उल्लेखनिय योगदान गरेको भन्दै प्रसंसा गरेका थिए ।
विद्यालयका प्रध्यानाध्यापक बलराम गिरी र कलेज प्रमुख ज्योतीबहादुर पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यालयमा २५ वर्ष भन्दा लामो समय काम गरेका शिक्षक पार्वती ओझा, सुमन ज्ञवाली, नानीमाया गौतम, बलराम पोख्ररेल, लोकमाया पुन, महेन्द्र कुँवर र सह प्रध्यानाध्यापक बासुदेव अभिकारीलाई दिर्घ सेवा पदकले सम्मान गरिएको थियो ।
विद्यार्थीहरू कृष्ण तिलिजा पुन, आशिष विक, विजया घर्ती, सुमन सापकोटा, सन्देश पुन, दिव्या चौधरी, श्रेया गरुङ, अभिनन्दन शर्मा, २०७८ को एसईईमा उत्कृष्ट नतिजा ल्याएका समिक्षा चापागाईं र निर्जल कुमाललाई पनि सम्मान गरिएको थियो ।
रामचन्द्र चापागाईंलाई उत्कृष्ट अभिभावक सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा गुरुदत्त कोइराला, गीता आचार्य, महेश गुरुङ, राजेश गुरुङले विद्यालय र शिक्षाका बारेमा बोलेका थिए ।
पूर्वप्रध्यानाध्यापक महेश गुरुङले विद्यालयलाई १ लाख ११ हजार १११ सहयोग गरेका थिए । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपकबहादुर थापाले गरेका थिए भने कार्यक्रम सञ्चालन ज्ञानबहादुर थापाले गरेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया