पार्किङ निषेधको निर्णयबाट पछी हट्यो महानगर

पोखरा ।
पोखरा महानगरपालिका पोखराको मुख्य बजार क्षेत्रमा सवारी पार्किङ पूर्णरुपमा निषेधको निर्णयबाट पछी हटेको छ । पार्किङका लागि अर्काे व्यवस्था नभएसम्म अहिले प्रयोग भइरहेको ठाउँ खुला गरिएको महानगरले बताएको ।
पोखरा उद्योग वाणिज्य संघ, यातायात क्षेत्रमा क्रियाशिल संघ संस्था तथा सरोकारवालाहरुको व्यापक दवाव आएपछि महानगरले सवारी पार्किङ निषेधको निर्णयबाट पछाडी हट्दै क्रमिकरुपमा पार्किङलाई व्यवस्थापन गर्दै लैजाने निर्णय गरेको हो ।
पार्किङ निषेधको निर्णयलाई सरोकारवालाहरुसँगको व्यापक छलफल गरि आगामी योजना तय गरिने आइतबार विज्ञप्ति मार्फत महानगरले जानकारी दिएको हो ।
माघ १६ गते बसेको पोखरा महानगरपालिका यातायात व्यवस्थापन समितिको बैठकले पृथ्वीचोक–सभागृहचोक–न्युरोड–विपिचोक–चिप्लेढुंगा–महेन्द्रपुल–नयाँबजार–पृथ्वीचोक सडकखण्डमा सवारीको चाप वृद्धि भई आवागमनमा समेत प्रत्यक्ष असर परेको तथा सहरी सौन्दर्यीकरणमा पनि असर पर्न गएको भन्दै सवारी पार्किङलाई माघ २३ गतेदेखि पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको थियो ।









सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया