मिसेलले हालेको मुद्दामा पत्रकारहरुलाई सफाइ

पोखरा ।
व्यक्तिगत गोपनियता हनन तथा गाली बेइज्जती मुद्दामा पोखराका पत्रकारहरुले सफाइ पाएका छन् । समाचारमा प्रकाशित सामग्रीलाई लिएर जिल्ला अदालत कास्कीमा परेको गाली बेइज्जती मुद्दामा पत्रकारहरुले आइतबार सफाइ पाएका हुन् ।
लर्निङ हाउस प्रालिका सञ्चालक अमेरिकी नागरिक मिसेल अलेक्जेन्द्रा विल्स र रुपन्देही चिल्हिया ३ हाल पोखरा बस्ने ङवाङ छिरिङ तमु गुरुङले ताण्डवन्युज डटकमका सम्पादक अर्जुन गिरी, सेतोपाटी डटकमका पोखरा संवाददाता युवराज श्रेष्ठ, एभिन्युज टेलिभिजनका तत्कालीन पोखरा रिपोर्टर सुमन ढुंगाना लगायत विरुद्ध वैयक्तिक गोपनियता हनन र गाली बेइज्जती मुद्दा हालेका थिए ।
समाचार लेखेकै कारण आफूहरुलाई असर परेको भन्दै ताण्डव न्यूजसँगै लेवल नेक्स्ट नामको विज्ञापन सम्बन्धी काम गर्ने फर्म, राजु बोगटी, ताण्डव न्यूजका सम्पादक अर्जुन गिरी, शिशिर शर्मा, विश्वास घोताने गुरुङ र ताण्डव न्यूजका प्रकाशकलाई प्रतिवादी बनाउँदै द्वयले २०७६ चैत ७ गते मुद्दा दर्ता गरेका थिए । जिल्ला अदालत कास्कीका न्यायाधीश प्रकाश खरेलको आइतबारको इजलासले सबै प्रतिवादीलाई सफाइ दिएको छ । उक्त मुद्दामा वादीहरुले पेश गरेको दावी नपुगेको फैसलासहित अदालतले उक्त आदेश दिइएको हो ।
ताण्डव न्यूजका सम्पादक अर्जुन गिरीले तथ्यसहितको पत्रकारितालाई अदालतको आदेशले न्याय गरेको बताए । ‘हामीले जहिले पनि तथ्य र प्रमाणकै आधारमा समाचार बनाउने हो, प्रकाशन गर्ने हो । उहाँ (मिसेल)को केसमा पनि हामीले प्रमाणसहित समाचार बनाएका हौँ । यो कुरा सम्मानित अदालतको आदेशले पनि पुष्टि गरेको छ,’ सम्पादक गिरीले भने ।
मिसेलले समाचारमा प्रकाशित विषयवस्तुले गोपनियता हनन र गाली बेइज्जती भएको भन्दै २०७७ साउन १८ गते सेतोपाटी अनलाइनका सम्पादक अमित ढकाल, सेतोपाटीका पोखरा संवाददाता युवराज श्रेष्ठ, एभिन्यूज नेटवक्र्स प्रालि र एभिन्यूजका तत्कालीन गण्डकी ब्यूरो प्रमुख सुमन ढुंगानालाई पनि मुद्दा होलेकी थिइन् । उक्त मुद्दामा पनि अदालतले वादीको दावी नपुगेको भन्दै फैसला गरेको छ ।
सञ्चारकर्मीका तर्फबाट नेपाल पत्रकार महासंघ कास्कीका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगर, अधिवक्ता कृष्णकुमार श्रेष्ठ र बिबी विष्टले बहस गरेका थिए भने मिसेलका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण थापा र अधिवक्ता दीपक पौडेलले बहस गरेका थिए ।
मिसेलले खोलेको लर्निङ हाउसले कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गर्दा कफी बनाउने बरिस्ता तालिम दिने र अंग्रेजी भाषा सिकाउने उदेश्य राखेको छ । उक्त कार्यविपरीत पोखरामा विभिन्न कार्यक्रम र सहयोगका नाममा नेपाल र विदेशबाट चन्दा संकलन गर्ने गरेकी थिइन् । चन्दा संकलन गर्न उनले नेपालका कुनै पनि सरकारी निकायबाट अनुमति नलिएको र नेपालको कानुन विपरित कार्य गरेको भन्दै सेतोपाटीले समाचार प्रकाशन गरेको थियो ।
पोखरामा विभिन्न सहयोगमा नाममा उनले ७ लाख अमेरिकी डलर अर्थात अमेरिकी डलरको आजको मूल्यमा ९ करोड २४ लाख रुपैया चन्दा संकलन गरेको आप्mनै वेबसाइटमा उल्लेख गरेकी थिइन् ।
अध्यागमन विभागले कानुन अनुसार जुन उदेश्यले विदेशी नागरिक नेपाल बसेको हो, त्यसबाहेक अन्य काम गर्न नपाउने भन्दै २०७६ सालमा उनको भिसाको म्याद नथप्ने निणर्य गरेको थियो । तत्कालीन अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले मिसेलले गैरकानुनी क्रियाकलाप गरेको भन्दै म्याद नथप्ने निणर्य गरेको बताएका थिए ।
मिसेलको भिसाको म्याद सकिनै लाग्दा कोभिड-१९ महामारी रोक्न लकडाउन भएपछि सरकारले विदेशी नागरिकलाई निशुल्क भिसा दिएको थियो । लकडाउन समापन भएपछि उनले अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेकी थिइन् । मुद्दामा उनले गरिरहेको गैरकानुनी कामका बारेमा समाचार लेख्ने पत्रकारलाई जेल सजायसहित १ करोड क्षतिपूर्ति माग गरेकी थिइन् ।
प्रतिवादीहरुको तर्फबाट मुद्दा लडेका कानुन व्यवसायी बिबी विष्टले अदालत सदैव सत्यको पक्षमा रहने भएकाले गलत मनसायबाट आएका मुद्दाहरु स्वतः पराजित हुने गरेको बताए । ‘सम्मानित अदालतते सम्पूणर् भ्रामक कुराहरुलाई अस्वीकार गरिदिएको छ । अदालत हमेशा सत्यको, न्यायको पक्षमा हुन्छ । यो मुद्दामा पनि अदालतले कानुनको रक्षा गर्दै न्यायको सम्पादन गरेको छ । यसको पूणर् पाठ आउन बाँकी नै छ,’ विष्टले भने ।
तपाईको प्रतिक्रिया