दृष्टिविहीनता पाप होइनः डा भट्टराई

पोखरा ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अपांगतामध्ये नेत्रहीनता अत्यन्तै संवेदनशील भएको बताए । उनले समाजमा रहेको दृष्टिविहीनतालाई पापको प्रतिफल ठान्ने मानसिकता सर्वथा गलत भएको बताए ।
भट्टराई नेत्रहीन विद्यार्थी फाउन्डेसनका प्रमुख संरक्षकसमेत हुन् । ९ वर्ष पहिला पोखरामा स्थापित फाउन्डेसनले नेत्रहीन विद्यार्थीको सहजताका लागि ठूलो भूमिका निर्वाह गरेको उनले बताए ।
गण्डकी प्रदेश सांसद फणीन्द्र देवकोटाले फाउन्डेसनको सफलताको कामना गरे । कार्यक्रममा फाउन्डेसनका संस्थापक तथा प्रोग्राम कोअर्डिनेटर शिवलाल धितालले फाउन्डेसनले विभिन्न विद्यालयका १ सय ३ नेत्रहीन विद्यार्थीलाई सहयोग गरेको जनाए ।
कार्यसमितिका सदस्य तथा नेपाल नेत्रहीन संघ केन्द्रीय समितिका महासचिव शिशिर खनालले कपी राइटको बन्धनबाट मुक्त गराई नेत्रहीनले स्वतन्त्र रूपमा सामग्री प्रयोग गर्न पाउनुपर्ने बताए ।
१२ कक्षा सम्म अध्ययन गर्दा सरकारले दिदै आएको ४ हजार मासिक भत्ता कलेज पढ्न थालेपछि नदिने नीतिलाई शीघ्र परिर्माजन गरी मासिक ५ हजार प्रदान गर्ने व्यवस्थातर्फ पहल गरिदिन पूर्व भट्टराईमार्फत अनुरोध गरे ।
विन्दु कोइराला सुवदीको अध्यक्षतामा भएको कार्यक्रममा फाउन्डेसनका पूर्व अध्यक्ष सूर्य क्षेत्रीले पनि बोलेका थिए ।
तपाईको प्रतिक्रिया