चापाकोट महोत्सव भोलिदेखि

समाधान संवाददाता २०७९ माघ २३ गते १०:४३

पोखरा ।
तेस्रो चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव २०७९ मंगलबारदेखि सुरु हुने भएको छ । चापाकोट पर्यटन प्रवद्धन समितिको आयोजनामा पोखरा महानगरपालिका वडा नं. २३ मा पर्ने चापाकोट भ्यु पोइन्टमा तेस्रो चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव हुने भएको हो ।

Advertisement

२५ लाख खर्च हुने महोत्सव २५ हजारभन्दा धेरैले अवलोकन गर्ने चापाकोट पर्यटन प्रवद्धन समितिका सचिव घनश्याम पराजुलीले बताए ।

वडाको प्राकृतिक धार्मिक सामाजिक तथा सांस्कृतिक सम्पदाको प्रवद्धन गर्ने, पर्यटन पर्यावरण विकास गर्ने, स्वरोजगार निर्माण गरी जनताको आयआर्जनमा वृद्धि गर्ने महोत्सवको उद्देश्य रहेको पराजुलीले सुनाए ।

बाम्दीबाट सुरु भई भुम्दीकोट पुग्ने पैदलमार्ग सिढीबाट बाटो बनाउने, अहिले सञ्चालनमा भएको होमस्टे थप गुणस्तरीय बनाई नयाँ थप्ने योजना रहेको समितिका अध्यक्ष भीम पराजुलीले बताए ।

महोत्सवबाट ३ लाख बचत हुने अनुमान गरेको र बचत रकमले स्थानीय पर्यटन प्रवद्र्धनका लागि लेकसाइडकाट चापाकोटसम्म ठाउँ ठाउँमा सांकेतिक बोड राख्ने, डकुमेन्ट्री निर्माण गर्ने, वेबसाइट निर्माण गरी पर्यटन क्षेत्रमा प्रचारप्रसार गर्ने उनको भनाइ छ ।

Advertisement

महोत्सवमा नौमती बाजा प्रतियोगिता, भजन प्रतियोगिता, रत्यौलि प्रतियोगिता हुनेछ । जसमा प्रथम हुनेलाई ३३ हजार ३ सय ३३, द्वितीय हुनेलाई २२ हजार २ सय २२, तृतीय हुनेलाई ११ हजार १ सय ११ र सान्त्वनालाई ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा पुरुष दौड, महिला दौड, बाल नृत्य, दुना टपरी बुन्ने, झाँकी तथा घैटो फुटाउने प्रतियोगिता पनि हुने छन् ।

तपाईको प्रतिक्रिया