रेम र राजारामलाई ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’

पोखरा ।
‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’ बाट पत्रकार रेम विक र राजाराम पौडेल पुरस्कृत हुने भएका छन् । चलचित्र पत्रकार संघ नेपाल, कास्कीले गण्डकी प्रदेशमा कार्यरत चलचित्र पत्रकारमध्येबाट बर्सेनि १ जनालाई प्रदान गर्ने गरी यो पुरस्कार स्थापना गरेको हो ।
लामो समय चलचित्र पत्रकारितामा बिताएका रेम र राजाारामलाई क्रमशः जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार २०७८ र ०७९ प्रदान गर्ने निर्णय भएको संघले जनाएको छ ।
रेम चलचित्र पत्रकार संघ कास्की पूर्वअध्यक्ष हुन् भने राजाराम सल्लाहकार हुन् । आगामी माघ २८ गते संघको पाँचौ अधिवेशनको अवसरमा पुरस्कार प्रदान गरिने भएको छ । संघका पुरस्कार राशि २५ हजार रुपैयाँ छ ।
चलचित्र पत्रकार संघ नेपाल कास्कीका कार्यबाहक अध्यक्ष सन्तोष सुवेदीले यो पुरस्कार पुराना चलचित्रकर्मी जितप्रसाद द्वाले नेपाली चलचित्र क्षेत्रमा पु¥याएको योगदानलाई चिरकालसम्म सम्झिरहन र यही क्षेत्रमा कलम चलाइरहेका पत्रकारलाई थप हौसला प्रदान गर्न स्थापना भएको बताए ।
संघले प्रदान गर्न लागेको चलचित्र पत्रकारिता पुरस्कारको प्रतिभा छनोटका लागि नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारीको संयोजकत्वमा संघकै संस्थापक अध्यक्ष श्रीराम सिग्देल र गुरुङ फिल्म एसोसियसन नेपाल जिफानका अध्यक्ष गुञ्ज गुरुङ सदस्य रहेको समिति गठन भएको थियो ।
जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार निवर्तमान अध्यक्ष अरुण गिरी नेतृत्व कार्यसमितिले २०७७ देखि प्रदान गर्न सुरु गरेको थियो । पहिलो पुरस्कार संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देललाई प्रदान गरिएको थियो ।
गिरीले २०७९ मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कास्की क्षेत्र नं. २(२) बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएपछि संस्थाबाट राजीनामा दिएका थिए ।
२०६५ मा बिग एफएमबाट पत्रकारिता सुरु गरेका रेम र २०६० बाट हिमचुली एफएमबाट पत्रकारिता सुरु गरेका राजाराम हालसम्म पनि चलचित्र पत्रकारितामा क्रियाशील छन् ।ह ाल रेम मेनसमाचार डटकम र राजाराम रेडियो अन्नपूर्णमा आबद्ध छन् ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया