बागलुङले पायो सिडिओ महिला

पोखरा, २३ माघ (समाधान)—बागलुङको प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा रोशनीकुमारी श्रेष्ठलाई पठाइएको छ । गृह मन्त्रालयले विपद् व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव श्रेष्ठलाई बागलुङको प्रजिअ बनाई पठाएको हो ।
तत्कालीन प्रजिअ रमेश ढकालको धादिङमा सरुवा भएसँगै बागलुङमा प्रजिअ रिक्त थियो । सहसचिव नेत्रप्रसाद सुवेदी जाने भनिएपछि उनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय गएसँगै श्रेष्ठलाई पठाइएको हो ।
गृह मन्त्रालयले केही समयअघि ठूलो संख्यामा सिडिओको सरुवा गरेको थियो । मन्त्रालयले अन्तर्गतका कार्यालयमा कार्यरत नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा कार्यरत प्रमुख जिल्ला अधिकारी, सहसचिव, सहायक प्रमुख जिल्ला अधिकारी, उपसचिव, निर्देशक, जेलरलगायतका कर्मचारीहरूको सरुवा गरेको हो ।
नेपाल सरकारको प्रतिनिधिका रूपमा जिल्लामा रहने प्रमुख जिल्ला अधिकारीलाई वैज्ञानिक ढंगले खटाउन भन्दै मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको पदस्थापना, सरुवा वा काज सम्बन्धी कार्यविधि तर्जुमा कार्य अघि सारेको थियो ।
मन्त्रालयले हालै सार्वजनिक गरेको कार्यविधिमा प्रमुख जिल्ला अधिकारीको सरुवा, पदस्थापन तथा कामकाजमा खटाउँदा विभिन्न चार वटा प्राथमिकता तय गर्ने उल्लेख छ । कार्यविधि ल्याएसँगै सोही अनुसार नै कर्मचारी खटनपटन हुने भन्दै मन्त्रालयको टिम केही दिनयता सूची तयारीमा लागेको थियो ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया