यती दुर्घटनाको प्रारम्भिक प्रतिवेदन

पोखरा ।
माघ १ गते पोखरामा भएको यती एयरको प्रारम्भिक प्रतिवेदन आएको छ । अवतरण गर्ने क्रममा जहाजका बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदर गएको पाइएको प्रारम्भिक प्रतिवेदनमा छ ।
‘दुर्घटनाग्रस्त नाइन एन—एएनसी जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ ।
दुर्घटना जाँच आयोगले फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट उक्त जहाजका दुवै इन्जिन प्रोपेलर फेदरमा किन गयो भन्ने बारेमा प्राविधिक र मानवीय पक्षहरूबारे थप अनुसन्धान अगाडि बढाइसकेको छ ।
आयोगका अनुसार इन्जिनमा पावर आइडल (काम नगर्दा) हुँदा दुर्घटना भएको देखिएको छ । ‘फ्लाइट डाटा रेकर्डर र ककपिट भ्याइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिन्छ’, जाँच आयोगले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
नेपालमा एटीआर ७२ नै उडाउने एक पाइलटका अनुसार इन्जिनका प्रोपेलरहरु फेदर भनेको इन्जिनमा पावर कम हुनु हो । आयोगको नेतृत्वमा टीएसआईबी सिंगापुर, बीइए फ्रान्स, टीएबी क्यानेडा, इएएसए प्रतिनिधिहरुले प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरेका थिए । सो क्रममा फ्लाइट डाटा रेकर्डर र भ्वाइस डाटा रेकर्डरको डाटाहरुको विश्लेषण गरिएको थियो ।
दुर्घटनालगत्तै सरकारका पूर्वसचिव नगेन्द्र प्रसाद घिमिरेको संयोजकत्वमा ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन भएको थियो । आयोगमा सेनाका इ. उपरथी दीपक बाँस्तोला, वरिष्ठ क्याप्टेन सुनिल प्रधान र वरिष्ठ इन्जिनियर एकराज जंग थापा सदस्य तथा उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्यसचिव छन् ।
आयोगका सदस्य तथा इन्जिनियर एकराजजंग थापाले इन्जिन चालु रहे पनि पंखाको कोण नमिलेको हुन सक्ने देखिएको बताए । उक्त दुर्घटनामा जहाजमा ७२ जना सवार थिए । त्यसमध्ये ७० जनाको शव भेटिए पनि २ जनाको अवस्था अज्ञात छ ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया