बिटी कपमा ८ खेल

पोखरा ।
पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं वीरेन स्मृति सेभेन ए साइड खुला फुटबल प्रतियोगितामा सोमबार ८ खेल भएका छन् ।
पोखरा महानगरपालिका १ पुरानो टुडिँखेल मैदानमा सोमबार भएको पहिलो खेलमा पिएन क्याम्पसले नमस्ते ब्रदर्सलाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गर्यो ।
खेल संयोजक विनोद गुरुङका अनुसार निर्धारित समय गोलरहित भए पनि खेला ट्राइबेकरमा पुगेको थियो । बिटी क्लब सी र याम्दी एफसीबीच भएको दोस्रो खेल १–१ गोलमा निर्धारित समय सकिएपछि ट्राइबेकरमा ४–३ गोल अन्तरले जित निकाल्यो ।
मेरो नेपाल क्लब र माइती गोर्खाज्बीच भएको तेस्रो खेल पनि गोलरहित भएपछि ट्राइबेकरमा २–१ अन्तरले टाइबेकरमा माइती गोर्खाज् विजयी बन्यो ।
चौथो खेलमा हिमालय एफसीलाई जि नाइनले २–० गोल अन्तरले पराजित गर्याे र जि नाइनको जीतमा सुमन सुनार र आशिम रोकाले समान १/१ गोलको योगदान दिए ।
पाँचौ खेलमा नव प्रतिभा एफसीले सपोर्ट डेभलपमेन्ट फोरमलाई ३–० गोलको फराकिलो अन्तरले पाखा लगायो । नव प्रतिभाको जीतमा राहुल थापाले २ गोल रुविन गुरुङले १ गोल गरे ।
छैटौं खेलमा ब्रदर्स युनाइटेडले घान्द्रुकलाई ५–२ गोलको अन्तरले सहज जित निकाल्दै दोस्रो चरणमा पुग्यो । युनाइटेलको जितमा सफल गुरुङ, करण तामाङ, सुशान्त थापामगर र सुरेन्द्र राईले समान १ गोल गरेका थिए भने १ गोल घान्द्रुकको तर्फबाट आत्मघाती गोल भएको थियो ।
घान्द्रुकको तर्फबाट निन्ती सुनार र सफल आचार्यले सान्त्वना गोलका रुपमा समान १/१ गोल फर्काए । साताैं खेलमा दिव्यज्योति क्लबलाई त्रिशक्ति क्लबले २–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्यो । त्रिशक्तीको जितमा टाइसन क्षेत्री र प्रवेश ठकुरीले समान १ गोलको योगदान दिए ।
सोमबारको अन्तिम तथा आठौं खेलमा शितलज्योति क्लबले लामागाँउलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । शितलज्योतिको जितमा दिपेश गुरुङ र सुजन बुढाथोकीले समान २ गोल गरे भने निश्चल जिसीको १ गोलको योगदान दिए ।
खेल संयोजक गुरुङका अनुसार मंगलबार पनि पहिलो चरणको ६ खेल र २ खेल दोस्रो चरणका हुनेछन् । आगामी फागुन १ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको विजेतालाई सिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए ।
उपविजेताले सिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताका सर्वाेत्कृष्ट खेलाडीलाई ट्रफीसहित ८ हजारद्वारा पुरस्कृत गरिनेछ ।
अध्यक्ष थापाले उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ६ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने बताए । अनुशासित एक टिमलाई ९ हजार र ट्रफी प्रदान गरिनेछ ।
प्रतियोगितामा क्वाटरफाइनलका खेलबाट एक खेलाडीलाई म्यान अफ द म्याचको ट्रफी र नगदले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
तपाईको प्रतिक्रिया