नेपाल खेलकुद महासंघकाे महाधिवेशन छेकोमा खुला दौड

समाधान संवाददाता २०७९ माघ २४ गते ११:०२

पोखरा ।
नेपाल खेलकुद महासंघ (नेकोस)को दोस्रो महाधिवेशनको पूर्व सन्ध्यामा महासंघ गण्डकी प्रदेशले प्रथम केपी शर्मा ओली खुला सडक दौड प्रतियोगिता २०७९ गर्न लागेको छ ।

Advertisement

आगामी फागुन ७ देखि ९ गतेसम्म विराटनगरमा हुने महाधिवेशनको प्रचारप्रसारका लागि माघ २८ गते पोखरा रंगशालामा दौड प्रतियोगिता गर्न लागेको प्रदेश अध्यक्ष विष्णु पुनले जानकारी दिए ।

उनले पुरुषतर्फ १० किमी दौडमा प्रथम हुनेले १० हजार, मेडल र प्रमाणपत्र पाउने बताए । प्रतियोगितामा द्वितीय हुनेले नगद ७ हजार मेडल र प्रमाणपत्र पाउने छन् । तृतीय हुने खेलाडीले ५ हजार मेडल र प्रमाणपत्र पाउने छन् ।

५ किमी महिला दौडमा, प्रथम द्वितीय र तृतिय हुने खेलाडीले क्रमशः ७ हजार, ५ हजार, ३ हजार मेडल र प्रमाणपत्र पाउने छन् ।

महासंघले ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने नारा साथ प्रतियोगिता गर्न लागेको हो । ‘पोखरा पर्यटकीय राजधानी हो ।

Advertisement

खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न ध्यान दिनु आवश्यक छ,’ अध्यक्ष पुनले भने, ‘खेलाडीको मुद्दालाई केन्द्रविन्दुमा राखेर खेलकुदको विकास गर्ने योजना महासंघले अघि सारेको छ ।’

अध्यक्ष पुनले खेलकुदको माध्यमबाट भाइचारा र आत्मियता अभिवृद्धि गर्नुका साथै मानसिक र शारीरिक विकासमा सहयोग पुग्ने बताए ।

उनले लगानी नबढाएर समग्र खेलकुदको विकास सम्भव नभएको उल्लेख गरे । सरकारले खेल क्षेत्रको संरचना र पूर्वाधारमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।

तपाईको प्रतिक्रिया