मुख्यमन्त्री अधिकारीले गरे एकैदिन रुपामा चार योजना उद्घाटन

पोखरा ।
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले रुपा गाउँपालिकामा एकै दिन ४ योजना उद्घाटन गरेका छन् । अधिकारीले रुपा रिङरोड, दुई मोटरेवल पुल र विद्यालयको भवन उद्घाटन गरेका हुन् ।
फैचोकदेखि पोल्यान्ड जाने उक्त रिङरोड गण्डकीको भौतिक पूर्वाधार मन्त्रालयको अन्तर्गत ४१ करोडको लागतमा बनेको अध्यक्ष नवराज ओझाले बताए ।
मुख्यमन्त्री अधिकारीले रिङरोडसहित ४ पूर्वाधारको उद्घाटन गरेका छन् । ‘सडक विभागद्वारा निर्माण भएको रुपा गाउँपालिका वडा नम्बर ३ र मध्यनेपाल जोड्ने १६५ पुल र वडा नम्बर ५ देखि पोखरा ३२ जोड्ने मोटरेवल पुलको उद्घाटन भएका छन्,’ अध्यक्ष ओझाले भने ।
सडक विभाग अन्तर्गत बनेको उक्त पुल १२ करोड १३ लाख र वडा नम्बर ५ र ३२ जोड्ने उक्त पुल २ करोड ५७ लाखमा निर्माण सम्पन्न भएको ओझाले सुनाए ।
मुख्यमन्त्री अधिकारीले पालिकाको वडा नम्बर ३ मा सम्पन्न भएको ८ कोठे भवनको पनि उद्घाटन गरेका छन् । उक्त भवन ८२ लाखमा बनेको हो ।
समारोहमा मुख्यमन्त्री अधिकारीले सरकारले अब उत्पादनमूलक आयआर्जनमा जोड्ने बताए । कार्यक्रममा अधिकारीसँगै सरकारका भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान पनि थिए ।








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया