मुख्यमन्त्री अधिकारीले गरे एकैदिन रुपामा चार योजना उद्घाटन

समाधान संवाददाता २०७९ माघ २४ गते ११:१५

पोखरा ।
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले रुपा गाउँपालिकामा एकै दिन ४ योजना उद्घाटन गरेका छन् । अधिकारीले रुपा रिङरोड, दुई मोटरेवल पुल र विद्यालयको भवन उद्घाटन गरेका हुन् ।

Advertisement

फैचोकदेखि पोल्यान्ड जाने उक्त रिङरोड गण्डकीको भौतिक पूर्वाधार मन्त्रालयको अन्तर्गत ४१ करोडको लागतमा बनेको अध्यक्ष नवराज ओझाले बताए ।

मुख्यमन्त्री अधिकारीले रिङरोडसहित ४ पूर्वाधारको उद्घाटन गरेका छन् । ‘सडक विभागद्वारा निर्माण भएको रुपा गाउँपालिका वडा नम्बर ३ र मध्यनेपाल जोड्ने १६५ पुल र वडा नम्बर ५ देखि पोखरा ३२ जोड्ने मोटरेवल पुलको उद्घाटन भएका छन्,’ अध्यक्ष ओझाले भने ।

सडक विभाग अन्तर्गत बनेको उक्त पुल १२ करोड १३ लाख र वडा नम्बर ५ र ३२ जोड्ने उक्त पुल २ करोड ५७ लाखमा निर्माण सम्पन्न भएको ओझाले सुनाए ।

मुख्यमन्त्री अधिकारीले पालिकाको वडा नम्बर ३ मा सम्पन्न भएको ८ कोठे भवनको पनि उद्घाटन गरेका छन् । उक्त भवन ८२ लाखमा बनेको हो ।

Advertisement

समारोहमा मुख्यमन्त्री अधिकारीले सरकारले अब उत्पादनमूलक आयआर्जनमा जोड्ने बताए । कार्यक्रममा अधिकारीसँगै सरकारका भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान पनि थिए ।

तपाईको प्रतिक्रिया