समता स्कुल पर्वतलाई हरिप्रसादकाे सहयोग

पोखरा ।
न्यून शुल्क लिएर अंग्रेजी माध्यममा पढाउँदै आएको समता स्कुल कुस्माका लागि आफ्नी आमाको चौरासी पूजाको अवसर पारेर छोराहरू हरिप्रसाद शर्मा तथा परिवारले सहयोग गरेका छन् । आइतबार कुश्मा नगरपालिका वडा नं ७ मा अवस्थित समता स्कुललाई उनीहरुले अक्षयकोष स्थापनाका लागि १ लाख प्रदान गरेका हुन् ।
आफ्नी आमाको इच्छा तथा देशैभरी न्यून शुल्कमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई पढाउँदै आएको यस विद्यालयको महान् उद्देश्य देखेर आफू प्रभावित भएर सहयोग गरेको हरिप्रसाद शर्माले जानकारी दिनु दिए । आफूले पनि छोरीलाई त्यसै विद्यालयमा पढाइरहेको पनि उनले सुनाए ।
शिक्षाको विकास नभएसम्म समाजको विकास हुन नसक्ने भन्दै आफूले समयमा पढ्न नपाएको र अफ्ना नातिनातिनाले धेरथोर जे भएपनि सहयोग प्राप्त गरुन् र पढ्नबाट कोही पनि नछुटुन् भनेर आफ्नो इच्छा अनुसार सो रकम समता स्कुलको अक्षकोष स्थापनाका लागि दिएको डिलकुमारी शर्माले बताइन् ।
विद्यालयले लिने शुल्कले मात्र विद्यलय सञ्चालन हुन नसक्ने र यसका लागि यस्तै सहृदयहरुले सहयोगले विद्यालय सञ्चालन गर्न सकिएको छ । यो एउटा सुरुवात्मात्र हो ।
यसरी सहयोग गरेर विद्यालयले गएको वर्ष २ कोठाको भवन पनि निर्माण गरेको थियो । सबै सहृदयी मन भएका मानिसले सहयोग गर्ने हो भने यस्तो विद्यालय सञ्चालन गर्न सकिने कुरा समता स्कुल पोखराका प्रधानाध्यापक झलकप्रसाद शर्माले बताए ।
सक्नेहरूले सहयोग गर्ने र नसक्नेहरूले सहयोग प्राप्त गर्ने हाम्रो संस्कार नै हो । यसका लागि पर्वत निवासी हरिप्रसाद शर्माले देखाएको उदारताप्रति समता स्कुल पोखराका व्यवस्थापक उमेश रेग्मीले धन्यवाद ज्ञापन गरे ।








भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा
अमृत गुरुङसहित ९ जनालाई पोखरा महानगरको नवरत्न सम्मान
दैनिक १ सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै
सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया