लोमान्थाङका महिलालाई पोखरामा उद्घोषण तालिम

पोखरा ।
लोमान्थाङ गाउँपालिका मुस्ताङद्घारा आयोजित १ हप्ते उद्घोषण तालिम आइतबार सकिएको छ । लोमान्थाङका महिला तथा महिला जनप्रतिनिधिलाई उद्घोषण शिक्षा दिन र नेतृत्व विकासका लागि तालिमको आयोजना गरिएको लोमान्थाङ गाउँपालिकाकी उपाध्यक्ष छ्युमी विष्ट गुरुङले जानकारी दिइन् ।
कार्यक्रममा लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले तालिममा सिकेका कुरालाई व्यवहारमा उर्तान अनुरोध गरे । उनले लोमान्थाङका महिलाका लागि यो तालिम निकै प्रभावकारी भएको बताए ।
लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्घिराम उपाध्यायले महिलाको सशक्तीकरणका लागि यो तालिम निकै उपयोगी भएकाले आगामी दिनमा पनि निरन्तरता दिने बताए ।
लोमान्थाङ गाउँपालिकाकी उपाध्यक्ष छ्यूमी विष्ट गुरुङको अध्यक्षतामा भएको तालिममा प्रशिक्षार्थीले पनि आफ्ना अनुभव र सिकाइबारे बोलेका थिए । तालिममा पत्रकारहरु गोविन्द थापा सिञ्जाली र सुस्मा पौडेलले सहजीकरण गरेका थिए ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया