सवारी ज्यान मुद्दामा पाेखरा ३३ का वडासदस्य जेल चलान

समाधान संवाददाता २०७९ माघ २४ गते १४:२६

पोखरा ।
सवारी ज्यान मुद्दामा पोखरा महानगरपालिका– ३३ का वडा सदस्य लीलादेवी नेपाली पुर्पक्षका लागि ठुनामा परेकी छन् । माघ ८ गते पक्राउ परेकी वडा सदस्य नेपालीलाई जिल्ला अदालत तनहुँले माघ १२ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

पुस १३ गते नेपालीले चलाएको बा ९ प ५६४९ नम्बरको स्कुटरलाई शुक्लागण्डकी गाउँपालिका २ हलेदी वा २ क ६२१९ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो ।

ठक्करबाट स्कुटरमा सवार नेपालीकी आमाको ज्यान गएको थियो । ठक्करबाट घाइते भएकी उनको उपचारको क्रममा पुस १७ गते निधन भएको थियो ।

Advertisement

अनुसन्धानका क्रममा वडा सदस्य नेपालीको चालक अनुमतिपत्र नभएको पाइएपछि माघ ८ गते नेपालीलाई पक्राउ गरी अनुसन्धान गरिएको थियो ।

माघ १२ गते नेपाली र ट्रिपर चालक तिलक श्रेष्ठलाई पुर्पक्षको लागि थुनामा पठाउन जिल्ला अदालत तनहुँले आदेश दिएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया