सहकारीमा कार्यकाल ४ वर्ष
समाधान संवाददाता
२०७९ माघ २४ गते १६:५५

पोखरा ।
पोखरा महानगरपालिकाको १२ औं नगर सभाले सहकारी सञ्चालन ऐन सम्बन्धी कानुन संशोधन गरेको छ । सोमबार बसेको नगरसभाले ऐनमा रहेको सहकारीका सञ्चालक समितिको कार्यकाल लम्ब्याएको हो । यसअघि ३ वर्ष रहेको कार्यकाल ४ वर्ष बनाइएको हो ।
सभाले वडाका योजनाहरुको रकमान्तरणसमेत गरेको छ । पोखरा महानगरपालिकाका ३३ वडाबाट कुल ४ सय ८६ वटा योजनाबाट रकमान्तरण गर्ने निर्णय भएको महानगरले जनाएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया