साफ यू–२० वुमेन्स च्याम्पियनसिप: भारतलाई हराउँदै नेपाल फाइनलमा

समाधान संवाददाता २०७९ माघ २४ गते १७:१९

पोखरा ।
नेपालले बंगलादेशमा भइरहेको साफ यू–२० वुमेन्स च्याम्पियनसिप भारतलाई ३–१ ले हराउँदै फाइनल यात्रा तय गरेको छ । पहिलो हाफमा एक गोलले पछाडि रहेको नेपालले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको हो ।

Advertisement

ढाकाको वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कलम स्टेडियममा भएको खेलमा नेपालका लागि अञ्चली चन्दले ४८, प्रिति राईले ६९ र अमिसा कार्कीले ८९ एक/एक गोल गरे ।

भारतका लागि भने अपूर्ण नर्जारीले एक गोल गरेकी थिइन् । कप्तान प्रितिले भने पेनाल्टीबाट गोल गरेकी हुन् । यो जितपछि नेपालको तीन खेलबाट छ अंक भएको छ ।

आफ्नो पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपालले दोस्रो खेलमा भने भुटानलाई हराएको थियो । हारपछि भारत भने तीन खेलबाट चारै अंकमा सीमित रह्यो । भारतले भुटानलाई हराएयता बंगलादेशसँग बराबरीमा रोकिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया