अली मियाँको स्मृतिमा लोकगीत प्रतियोगिता

पोखरा ।
लोककवि अली मियाँको स्मृतिमा लोकगीत प्रतियोगिता आयोजना गरिएको छ । लोकविको १ सय ५ औं जन्मजयन्तीको अवसरमा अली मियाँ लोकवाङ्मय प्रतिष्ठान र पोखरा महानगरपालिका सामाजिक शाखाको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताका लागि पोखरा प्रज्ञा प्रतिष्ठानले सहकार्य गरेको छ । प्रतियोगिताको पहिलो चरण फागुन ६ गते, दोस्रो चरण १३ गते र तेस्रो तथा अन्तिम चरण १५ गते हुनेछन् । प्रथम चरणबाट छानिएकाहरुलाई ५ दिनसम्म संगीत प्रशिक्षकबाट लोककविका गीतहरुको अभ्यास गराइनेछ ।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः २५, २०, १५ र १० हजारका साथमा प्रमाणपत्र पाउने छन् । उत्कृष्ट १० मा पर्ने बाँकी ६ प्रतियोगीलाई प्रोत्साहनस्वरुप जनही ५ हजार प्रदान गरिनेछ ।
प्रतियोगिता गर्नका लागि प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँको संयोजकत्वमा पद्यराज ढकाल, धर्मराज पौडेल, कृष्णप्रसाद गौतम र सरिता गायक सदस्य रहेको समिति गठन भएको छ ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया