बिटी कपमा आजदेखि प्रिक्वाटरका खेल

पोखरा।
पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं वीरेन स्मृति सेभेन ए साइड खुला फुटबल प्रतियोगितामा मंगलबार पहिलो चरणका खेल सकिएका छन् । पोखरा महानगरपालिका १ पुरानो टुडिँखेल मैदानमा मंगलबारभ एको पहिलो खेलमा गार्डेन एफसीले दिव्यज्योति क्लबलाई २ –१ गोल अन्तरले पराजित हरायो ।
गार्डेनको जितमा सागर गुरुङ र प्रनिश गुरुङले समान १ गोलको योगदान दिए । दिव्यज्योतिका लागि राजन थापाले सान्त्वना १ गोल फर्काए । खेल संयोजक विनोद गुरुङका अनुसार दोस्रो खेलमा युडिटिसिएल एफसीलाई एनएमसिवाइले १–० गोल अन्तरले हरायो । एनएमसिवाइको जितमा सुजन गुरुङले निर्णायक १ गोल गरे ।
तेस्रो खेलमा सुनगाभा क्लबको अनुपस्थितिमा काउवेज ग्याङले वाकओभर पायो । चौथो खेलमा घाचोक क्लबलाई सागर एफसीले १–० गोल अन्तरले हराउँदै प्रिक्वाटरफाइनलमा पुग्यो । सागर एफसीको जितमा महेन्द्र गुरुङले निर्णायक गोल गरे ।
पाँचौ खेलमा नयाँगल्ली एफसीलाई लाँलीगुराँस क्लब धम्पुले ४–१ गोल अन्तरले सहजै जित निकाल्यो । धम्पुसको जीतमा साजन मगरले २ गोल र दिपेश क्षेत्री र समिर परियारले समान १ गोलको योगदान दिए भने नयाँगल्लीका लागि निश्चल गुरुङले १ गोल फर्काए ।
छैटौं खेलमा उद्धव एफसीले टुडिँखेल एफसीलाई २–० गोल अन्तरले पाखा लगायो र उद्धवको जितमा सन्देश भुजेल र सबिन मगरले समान १ गोलको योगदान दिए । सातौं खेलमा हरिचोक युनाइटेड क्लबले पोखरा म्युजिकल हाउसलाई १–० गोल अन्तरले पराजित ग¥यो । हरिचोक युनाइटेको जितमा छबिन्द्र गुरुङले निर्णायक गोल गरे ।
मंगलबार भएको अन्तिम खेलमा लामागाँउ एफसीले पिएन क्याम्पसमाथि ५–० गोल अन्तरले जित निकाल्यो । बुधबार प्रिक्वाटरका ८ खेल हुनेछन् । आगामी फागुन १ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको विजेतालाई सिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । उपविजेताले सिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिताका सर्वाेत्कृष्ट खेलाडीलाई ट्रफीसहित ८ हजारद्वारा पुरस्कृत गरिनेछ । अध्यक्ष थापाले उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ६ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने बताए । अनुशासित एक टिमलाई ९ हजार र ट्रफी प्रदान गरिनेछ ।
प्रतियोगितामा क्वाटरफाइनलका खेलबाट एक खेलाडीलाई म्यान अफ द म्याचको ट्रफी र नगदले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
तपाईको प्रतिक्रिया