हिमालय आँखा अस्पताललाई सहयोग

पोखरा ।
नेपालका लागि जापानका राजदूत किकुता युताका र हिमालय आँखाका मेडिकल डाइरेक्टर डा. इलिया श्रेष्ठसँग अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । कास्की जिल्लाको हिमालय अस्पतालमा मेडिकल उपकरण जडान गर्न अस्पतालले जापानी राजदूतावाससँग सम्झौता गरेको हो ।
यो परियोजनामा जिजिपीअन्तर्गत अस्पतालले करिब ७६ लाख अनुदान पाउनेछ । हिमालय अस्पताल सन् १९९३ मा पोखरामा स्थापना भएको हो ।
यहाँ वर्षमा १ लाखभन्दा बढी बिरामीको जाँच र ५ हजार ५ सयभन्दा बढी आँखाका बिरामीको शल्यक्रिया हुने गरेको छ । अस्पतालले गण्डकी र कर्णाली प्रदेशमा वार्षिक २५ देखि ३० सम्म निःशुल्क आँखा शिविर सञ्चालन गर्ने गरेको छ ।
यद्यपि, आँखाको उपचारका लागि अस्पतालमा अवस्थित उपकरण पर्याप्त छैनन् । सुरक्षित रूपमा शल्यक्रिया गर्न थप उन्नत चिकित्सा उपकरण आवश्यक छ ।
अस्पतालको सर्जिकल आँखा शिविर, मुख्यतया मोतियाबिन्दु शल्यक्रियाका लागि आवश्यक उपकरण किन्न यो रकम प्रयोग हुनेछ । यस परियोजनाले चिकित्सा क्षेत्रमा सुधार ल्याउने विश्वास जापानी दूतावासले विज्ञप्ति निकालेर गरेको छ ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया