पर्वतीय संग्रहालयमा दाफा प्रदर्शन

पोखरा ।
अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको २० औं वार्षिकोत्सवको अवसरमा दाफाः गीत प्रदर्शन गरिएको छ । अमेरिकी दूतावासको बुक बसको सहयोगमा सामुदायिक संगीत कार्यक्रम फोक लोकको आयोजनामा माघ २२ देखि सञ्चालन भएको कार्यक्रम २८ गतेसम्म चल्नेछ ।
लिच्छवीकालदेखि नै अस्तित्वमा रहेको दाफा भजन नेवार संस्कृतिको विशिष्ट पहिचान मानिन्छ । समय, परिस्थिति, र मौसमअनुसार गाइने दाफा भजनमा मानवीय व्यवहार, संस्कार र देशमा भएका गतिविधिलाई प्रस्तुत गर्ने गरिन्छ । संगीत र बोलहरु परम्परागत शास्त्रीय रागहरुमा आधारित हुन्छन् ।
प्रदर्शनीमा नेवार समुदायको वर्षभरि चल्ने कृषि चक्र र दाफा अभ्याससँगको अन्तरसम्बन्धलाई प्रस्तुत गरिने आयाेजकले बताएकाे छ । यसले आगन्तुकहरूलाई काठमाडौं उपत्यकाका एक कृषि नेवार परिवारको जीवनको एक वर्षको अनुभव गर्ने मौका दिइने आयाेजककाे भनाइ छ ।
गत कार्तिक र मंसिरमा भएको ‘सफु लेखन कार्यशाला’ मा नेपाल लिपि गुठीका क्यालिग्राफरले तयार पारेका देवनागरी र प्रचलित लिपिमा लेखिएका दाफा गीतहरू पनि प्रस्तुत गरिनेछ ।
तपाईको प्रतिक्रिया