बिटी कपमा प्रिक्वाटरका खेल जारी

समाधान संवाददाता २०७९ माघ २६ गते १०:५२

पोखरा ।
पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं वीरेन स्मृति सेभेन ए साइड खुला फुटबल प्रतियोगितामा प्रिक्वाटरफाइनल अन्तरगतका ८ खेल भएका छन् ।

Advertisement

खेल संयोजक विनोद गुरुङका अनुसार पोखरा महानगरपालिका १ पुरानो टुडिँखेल मैदानमा बुधबार भएको पहिलो खेलमा गन्नी एफसीले हाम्रो एफसीलाई २–० गोल अन्तरले पराजित गर्‍यो । गन्नी एफसीको जितमा अनिश तामाङ र अर्जुन गुरुङले समान १ गोलको योगदान दिए ।

दोस्रो खेलमा विष्णुपादुका क्लबले शितलज्योति युवा क्लबलाई ४–० को फराकिलो गोल अन्तरले हरायो । विष्णुपादुकाको जितमा अंकित गुरुङ र सञ्जय केसीले समान १ गोल गरे भने सुबिन श्रेष्ठले २ गोलको योगदान दिए ।

तेस्रो खेलमा लेकसाइड क्लबले नव प्रतिभा एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश ग¥यो । लेकसाइडको जितमा सञ्जय बुढाथोकी र विवेक सन्तोषीले समान १ गोलको योगदान दिए ।

त्रिशक्ति क्लब लाहाचोक र सिम्पानी एफसीबीच भएको चौथो खेल गोलरहित भएपछि ट्राइबेकरमा ४–३ गोल अन्तरले सिमपानीले जित निकाल्यो । पाँचौ खेलमा मण्डला एफसी र उद्धव एफसीबीच भएको खेल गोलरहित भएपछि ट्राइबेकरमा ७–६ गोल अन्तरले मण्डला एफसीले जित हासिल गर्‍यो ।

Advertisement

छैटौं खेलमा बुन एफसीले माइती गोर्खाज्माथि ३–० गोल अन्तरले सहज जित निकाल्यो । बुन एफसीको जितमा आकाश थपलिया र विशाल सुनारले समान १ गोल गरे भने माइती गोर्खाज्कोे तर्फबाट आत्मघाती १ गोल भएको थियो ।

सातौं खेलमा आयोजक बिटी ह्वाइटले सागर एफसीलाई २–० गोल अन्तरले हरायो । आयोजक ह्वाइटको जितमा सुशन गुरुङ र सन्नी गुरुङले समान १ गोलको योगदान दिए । बिहीबार पनि प्रिक्वाटरका ७ खेल हुने छन् । प्रतियोगिताको फाइनल आगामी फागुन १ गते हुनेछ ।

तपाईको प्रतिक्रिया