वडा सचिवलाई तालिम

समाधान संवाददाता २०७९ माघ २६ गते ११:१८

पोखरा ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा कास्की, म्याग्दी र मुस्ताङका स्थानीय तहमा कार्यरत वडा सचिवका लागि २ दिने सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्तासम्बन्धी तालिम भएको छ । तालिमको पहिलो चरणमा कास्कीका स्थानीय तहका ६८ वडा सचिवको सहभागिता थियो ।

Advertisement

मंगलबार र बुधबार भएको दोस्रो चरणको कार्यक्रममा म्याग्दी र मुस्ताङ जिल्लाका स्थानीय तहका ५३ वडा सचिव सहभागी थिए ।सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता कार्यक्रमसँग सम्बन्धित विद्यमान ऐन, नियम, कार्यविधि र कार्यप्रक्रियाका बारेमा जानकारी दिन तालिम आयोजना गरिएको हो ।

कार्यक्रममा सामाजिक सुरक्षा ऐन, नियमावली, कार्यविधि, परिपत्र, सामाजिक सुरक्षा तथा व्यतिगत घटना दर्ता प्रणाली लगायत अन्य समसामयिक एवं प्राविधिक विषयमा छलफल गरिएको थियो । सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ताका लागि प्रयोग हुने अनलाइन प्रणालीको बारेमा प्रयोगात्मक अभ्यास गराइएको थियो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले व्यक्तिगत घटना दर्ता कार्यक्रम कार्यान्वयनको जिम्मा स्थानीय सरकारको भएकाले यी दुवै विषयमा स्थानीय तहमा कार्यरत कर्मचारीको क्षमता विकास हुने बताए । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागसँगको सहकार्यमा स्थानीय तहको मागलाई मध्यनजर गरी तालिम आयोजना गरिएको उनको भनाइ छ ।

सहभागीले तालिमबाट सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्तासम्बन्धी कानुनी व्यवस्था, प्रक्रिया र अनलाइन प्रविधिबारे जानकारी पाएको बताउ । उनीहरुले तालिमले दैनिक कार्यसम्पादन गर्दा आईपरेका कठिनाई तथा अन्योलको निदान गर्न सहयोग गरेको जनाए ।

Advertisement

तपाईको प्रतिक्रिया