प्रतिभा माविका विद्यार्थीलाई मणिपालमा छुट

पोखरा ।
पोखराको प्रतिभा मावि र मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य परीक्षण गराउँदा छुट दिनेबारे सम्झौता भएको छ । सम्झौता अनुसार अस्पतालले प्रतिभाका विद्यार्थी, शिक्षक र कर्मचारीलाई स्वास्थ्य परीक्षण गराउँदा विभिन्न क्षेत्रमा छुट दिनेछ ।
प्रतिभाका प्रिन्सिपल किरण सापकोटाका अनुसार दर्तामा शतप्रशित, जनरल बेडमा २५ प्रतिशत, नियमित जाँचमा १५ प्रतिशत, न्यूरो सर्जरी तथा अति विशिष्ट सेवाबाहेक अन्य शल्य चिकित्सामा १० प्रतिशत, विशेष अनुसन्धानमा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । चिकित्सकको परामर्शमा भने कुनै शुल्क नलाग्नेसम्झौतामा उल्लेख छ ।
विद्यालयका प्राचार्य सापकोटा र अस्पतालका प्रमुख प्रशासकीय अधिकृत (सिइओ) अनिल ओडूविलबीच बुधबार यो सहमति भएको हो । सापकोटाले सम्झौताले विद्यालयका मन्टेसरीदेखि १२ कक्षासम्मका विद्यार्थी, शिक्षक, कर्मचारीलाई स्वास्थ्य सेवामा लाभ पुग्ने बताए ।
‘विद्यालयले प्रमाणित गरेर पठाएपछि अस्पतालले सम्झौता बमोजिम तोकिएको छुट उपलब्ध गराउनेछ । त्यसले विद्यार्थी, शिक्षक र कर्मचारीलाई केही राहत हुनेछ,’ उनले भने, ‘यो सम्झौताले स्वास्थ्य सेवालाई अझ बढी प्रभावकारी बनाउन सघाउनेछ ।’ विद्यालयमा मन्टेसरीदेखि १२ कक्षासम्म अध्यापन हुन्छ ।









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया