पृथ्वीचोकमा बसको ठक्करबाट युवतीको निधन
समाधान संवाददाता
२०७९ माघ २६ गते १५:४८

पोखरा ।
पोखराको पृथ्वीचोकमा बसको ठक्करबाट लेखनाथ बुढिबजारकी २६ वर्षीया रेजिना आचार्यको निधन भएको छ । बिहीबार बिहान ९ बजे बुद्धचोकबाट पृथ्वीचोकतर्फ आउनेक्रममा १५ प २४७६ नम्बरको स्कुटरलाई सोही दिशाबाट आएको ना ८ ख ५२५१ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनापछि घाइते आचार्यको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार पृथ्वीचोकको चाइनापुल नजिकै दुर्घटना भएको हो । बस चालकलाई नियन्त्रणमा लिई घटनाका बारेमा थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित







अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
जब विद्यार्थीले प्रदर्शनी केन्द्रमै गुन्द्री बुने
पोखरामा ‘अन्डरग्राउन्ड पार्किङ’ नै अन्डरग्राउन्ड !
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया