पृथ्वीचोकमा बसको ठक्करबाट युवतीको निधन
समाधान संवाददाता
२०७९ माघ २६ गते १५:४८

पोखरा ।
पोखराको पृथ्वीचोकमा बसको ठक्करबाट लेखनाथ बुढिबजारकी २६ वर्षीया रेजिना आचार्यको निधन भएको छ । बिहीबार बिहान ९ बजे बुद्धचोकबाट पृथ्वीचोकतर्फ आउनेक्रममा १५ प २४७६ नम्बरको स्कुटरलाई सोही दिशाबाट आएको ना ८ ख ५२५१ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनापछि घाइते आचार्यको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार पृथ्वीचोकको चाइनापुल नजिकै दुर्घटना भएको हो । बस चालकलाई नियन्त्रणमा लिई घटनाका बारेमा थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया