पत्रकार जमुना वर्षा सम्मानित
समाधान संवाददाता
२०७९ माघ २६ गते १९:४७

पोखरा ।
पत्रकारिताका माध्यमबाट पर्यटन क्षेत्रको विकासमा उल्लेख्य योगदान गरेको भन्दै महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले पत्रकार जमुना वर्षा शर्मालाई सम्मान गरेको छ । संस्थाको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनका अवसरमा बिहीबार शर्मालाई सम्मान गरिएको हो । शर्मा राष्ट्रिय समाचार समितिसँग आवद्ध छिन् । उनी नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष पनि हुन् ।
मुख्यमन्त्री खगराज अधिकारी र मञ्चका अध्यक्ष पार्वती पाण्डेले १० हजार रुपैयाँ नगद सहित सम्मानपत्रबाट उनलाई सम्मान गरेका हुन् । उक्त अवसरमा प्रदेश सभा सदस्य देवका पहारी, पत्रकार रोहित बस्नेतलाई पनि सम्मान गरिएको थियो ।
तस्बीरः वासुदेव पौडेल/रासस
सम्बन्धित








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया