बिटी कपमा प्रिक्वाटर जारी

समाधान संवाददाता २०७९ माघ २७ गते ८:२२

पोखरा ।
पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं वीरेन स्मृति सेभेन ए साइड खुला फुटबल प्रतियोगितामा प्रिक्वाटर फाइनलका ७ खेल भएका छन् ।

Advertisement

खेल संयोजक विनोद गुरुङका अनुसार पोखरा महानगरपालिका १ पुरानो टुडिँखेल मैदानमा बिहीबार भएको पहिलो खेलमा एलजी एसोसियसनले एनएम एफसीलाई १–० गोल अन्तरले पराजित गर्‍यो । एलजीको जितमा आशीष गुरुङले निर्णायक गोल गरे ।

लालीगुँरास धम्पुस र कमलपोखरीबीच भएको दोस्रो खेलको निर्धारित समय गोलरहित भएपछि ट्राइबेकरमा कमलपोखरीले ४–३ गोलअन्तरले जित निकाल्दै क्वाटरफाइनल पुग्यो । तेस्रो खेलमा सत्य युवा क्लब बाझापाटनले लयर्स गयाङलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्‍यो ।

बाँझापाटनको जितमा समिप रानाले ह्याट्रिक गरे भने समिर गुरुङले २ र दिपेश गुरुङले १ गोलको योगदान दिए । चौथो खेलमा गार्डेन एफसीमाथि मारानथा चर्च कस्केरी एफसीले २–० गोल अन्तरले जित निकाल्यो ।

कस्केरीको जितमा नवीन तामाङ र सौरभ छन्त्यालले समान १ गोल गरे । पाँचौ खेलमा आयोजक बिटी ब्ल्याकलाई हरिचोक युनाइटेडले १–० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा स्थान बनायो । हरिचोक युनाइटेडको जितमा अमन साईले निर्णायक गोल गरे ।

Advertisement

छैटौ खेलमा नयाँगाउँ ब्रदर्स युनाइटेडलाई एफ फाइभ मालेपाटनले १–० गोलले हरायो । एफ फाइभको जितमा रवीन्द्र गुरुङले गोल गरे । बिहीबारको अन्तिम खेलमा जि नाइन युनाइटेडलाई बिआर ब्रदर्श काठमाडौंले २–० गोल अन्तरले पराजित गर्‍यो । ब्रदर्सको जितमा सञ्जीव मगरले २ गोलको योगदान दिएका थिए ।

खेल संयोजक गुरुङका अनुसार शुक्रबार प्रिक्वाटरफाइनलको समीकरण पूरा हुनेछ । पोखरा महानगरपालिका १ स्थित पुरानो टुडिँखेल बगरमा जारी सेभेन ए साइड फुटबल प्रतियोगिताको फाइनल आगामी फागुन १ गते हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया