खेतमा घर, छतमा तरकारी

समाधान संवाददाता २०७९ माघ २७ गते ८:२४
u08sL, @^ df3 M sf};Ldf pTkflbt t/sf/L l6Kb} sf};Ldf pTkfbg ePsf] a|f]sfpnL l6Kb} kf]v/f–!&, cfFvf c:ktfn rf]ssL l8ndfof sfsL{{ . xf]6n Joj;fo ;~rfng ub}{ cfpg'ePsL sfsL{n] sf};Ldf pTkfbg ePsf] t/sf/L k|of]u ub}{ cfpg' ePsf] 5 . tl:a/M xl/k|;fb afF:tf]nf÷/f;;

गण्डकी ।
गजलकार मन क्षेत्रीले लेखेका थिएः
यी मान्छेहरु पनि अचम्म अचम्मले जिन्दगी चलाउँछन्
खेतमा घर बनाउँछन् र छतमा तरकारी फलाउँछन्
क्षेत्रीको यो गजल पोखरा जस्ता धेरै सहरमा सार्थक बनेको देखिन्छ । दृढ इच्छाशक्तिसँगै लगनशीलता हुने हो भने तरकारी खेतीका लागि जग्गा नै चाहिन्छ भन्ने छैन । घरको छातमा पनि राम्रो उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् होटल व्यवसायी डिलमाया कार्की ।

Advertisement

पोखरा महानगरपालिका १७ आँखा अस्पताल चोकमा होटल व्यवसाय गर्दै आएकी कार्कीले कौसीमा तरकारी खेती गरेर थप आम्दानी लिएकी छन् । कार्कीको कौसीमा यतिखेर लटरम्म गोलभेडा, ब्रोकाउली, धनियाँ, लसुनको साग, रायोसाग छन् । साथै उनी काँक्रो, घिराँैला, करेला, चिचिन्ना, लौका जस्ता लहरे बालिका बिरुवा रोप्ने तयारीमा छिन् ।

‘होटलमा आउने पाहुनाका लागि कौसीमा फलेका तरकारी पकाउने गरेको छु’, उनले भनिन् । होटलबाट निस्केको फोहरलाई कम्पोस्ट मल बनाएर कौसीको तरकारी खेतीमा प्रयोग गर्ने गरेको उनले सुनाइन् । ग्राहक नभएका बेला तरकारीको हेरचाह गर्न कौसी पुग्छिन् उनी । उत्पादन भएको अर्गानिक तरकारीले परिवारलाई मात्र नभएर व्यवसायलाई समेत पुगेको छ ।

कौसीमा यतिखेर लटरम्म गोलभेडा, ब्रोकाउली, धनियाँ, लसुनको साग, रायो साग छन् ।


घरको माथिल्लो तल्लाको छतमा तरकारीका क्यारेट, गमला, रंगका बट्टामा विभिन्न जातका तरकारीका बोट छन् । कार्की भन्छिन्, ‘भान्छामा तरकारीको आवश्यकता पर्नेबित्तिकै झोला र पैसा लिएर पसलमा होइन; चक्कु लिएर घरको भ¥याङ चढ्छु ।’

Advertisement

तरकारीसँगै उनको छतमा खोर पनि छ । खोरमा गिरिराज कुखुरा छन् । अहिले खोरमा २ भाले र ८ पोथी छन् । ‘आवश्यकता अनुसार घरमै उत्पादन भएको कुखुराको मासुले पाहुनालाई स्वागत गर्न पाउँदा रमाइलो लाग्छ, यसबाट आम्दानीसमेत भएको छ’, उनी उत्साहित सुनिइन् ।

तरकारीबाट निस्केको घाँस तथा होटलमा बचेको खानालाई दानाका रुपमा कुखुरालाई दिइन्छ भने सुली तरकारीमा प्रयोग हुन्छन् । उनी भन्छिन्, ‘भविष्यमा कुखुरासँगै तरकारी खेतीलाई पनि विस्तार गर्ने सोच छ ।’ उच्च हिमाली क्षेत्रमा पाइने पहाडी क्षेत्रका बासिन्दाले बढी प्रयोग गर्ने जिम्बूको बिरुवासमेत उनको कौसीमा देख्न पाइन्छ ।

‘१ वर्ष भयो जिम्बू किनेको छैन, आफ्नै उत्पादनले पुगेको छ । बाहिरबाट ल्याएको भन्दा घरमै उत्पादन गरेको जिम्बू ग्राहकको रोजाइमा पर्ने गरेको छ’, उनी भन्छिन् ।

होटलमा खेर जाने खाद्यान्न तथा तरकारीका पात कुखुराको दानामा प्रयोग हुन्छ, सुली तरकारीकै लागि मल हुनेहुँदा चक्रिय प्रणालीमार्फत आयआर्जनसँगै फोहर व्यवस्थापनमा समेत सहयोग पुगेको पोखरा १७ की वडाध्यक्ष राधिका शाही योगीको भनाइ छ ।

उनले कौसीखेती प्रवद्र्धनका लागि वडाले समूहगत रुपमा तालिम सञ्चालन गर्नुका साथै कृषि महाशाखाको सहयोगमा फोहरलाई मोहरमा परिणत गर्ने आधुनिक तथा प्रविधियुक्त सामग्री अनुदानमा वितरण गरिरहेको उल्लेख गरिन् ।

तपाईको प्रतिक्रिया