सुदूर पश्चिममा कांग्रेसको सरकार

काठमाडौं ।
केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि प्रदेश र संघबाट एकैसाथ बाहिरिएको कांग्रेस सुदूरपश्चिमबाट सत्तामा आएको छ । यहाँ नेकपा एमाले नेतृत्वको सरकार ढलेपछि चुनावअघिको गठबन्धन ब्युँतिने संकेत देखिएको छ ।
कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको समर्थनमा नयाँ सरकार बनाउने तयारी छ । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले आफू कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुने बताए ।
‘हामी कांग्रेस सरकारमा सामेल भइहाल्छौं । सँगै चुनाव लडेर आयौं । हाम्रा भोटले कांग्रेस जित्यो, कांग्रेसका भोटले हामी जित्यौं,’ उनले भने, ‘हामी माओवादीलाई पनि सरकारमा सहभागी गराउने विषयमा छलफल भइरहेको छ । केन्द्रमा पनि नेताहरुबीच छलफल भएको हो ।’ कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुन माओवादी केन्द्र पनि सकारात्मक रहेको उनले बताए ।
एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल नेतृत्वको सरकारले १ महिनाभित्र विश्वासको मत प्राप्त गर्न नसकेपछि कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री बनेका छन् । सुदूरपश्चिममा १९ सांसदसहित कांग्रेस सबैभन्दा ठूलो दल हो ।
कांग्रेसलाई पनि विश्वासको मत पाउन नाउपा र एकीकृत समाजवादीको समर्थन आवश्यक हुने छ । नाउपाले साथ नदिए माओवादी केन्द्रको साथ शाहलाई अनिवार्य छ ।
माओवादी केन्द्रका नेता खगराज भट्टले अब केन्द्रको निर्देशन अनुसार अगाडि बढ्ने बताए । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएको छ ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया