मानवसेवा आश्रमलाई युनाइटेड क्लबको १ लाख सहयाेग

समाधान संवाददाता २०७९ माघ २७ गते १३:१२

पोखरा ।
मानव सेवा आश्रमको भवन निर्माणका लागि युनाइटेड क्लबले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेको छ । कास्कीको हेमजामा निर्माणाधीन मानवसेवा आश्रम स्थलमा आयोजित श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ स्थलमा पुगी क्लबले उक्त रकम हस्तान्तरण गरेको हो ।

Advertisement

क्लबका अध्यक्ष राजु श्रेष्ठको नेतृत्वमा पुगेको क्लबका पदाधिकारी र सदस्यको टोलीले महायज्ञका प्रमुख वाचक पण्डित कमलनयन गौतमलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

स्थापना कालदेखि पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनको लागि पोखरामा खुला चिडियाखाना निर्माणमा पहलकदमी, सेती नदी संरक्षण र विपद व्यवस्थापनमा काम गर्दै आएको छ ।

क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा सहयोग गरेको क्लबका अध्यक्ष राजु श्रेष्ठले बताए । आश्रममा यसअघि पनि कास्कीको छोरेपाटन शाखामा खाद्यान्न सामाग्री वितरण गरिसकेको क्लबका महासचिव दिनेश सुनारले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया