मानवसेवा आश्रमलाई युनाइटेड क्लबको १ लाख सहयाेग

पोखरा ।
मानव सेवा आश्रमको भवन निर्माणका लागि युनाइटेड क्लबले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेको छ । कास्कीको हेमजामा निर्माणाधीन मानवसेवा आश्रम स्थलमा आयोजित श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ स्थलमा पुगी क्लबले उक्त रकम हस्तान्तरण गरेको हो ।
क्लबका अध्यक्ष राजु श्रेष्ठको नेतृत्वमा पुगेको क्लबका पदाधिकारी र सदस्यको टोलीले महायज्ञका प्रमुख वाचक पण्डित कमलनयन गौतमलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
स्थापना कालदेखि पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनको लागि पोखरामा खुला चिडियाखाना निर्माणमा पहलकदमी, सेती नदी संरक्षण र विपद व्यवस्थापनमा काम गर्दै आएको छ ।
क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा सहयोग गरेको क्लबका अध्यक्ष राजु श्रेष्ठले बताए । आश्रममा यसअघि पनि कास्कीको छोरेपाटन शाखामा खाद्यान्न सामाग्री वितरण गरिसकेको क्लबका महासचिव दिनेश सुनारले बताए ।








विधान महाधिवेशनको निर्णय उल्टियो : एमालेमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढ्यो, ईश्वर पोखरेलको असन्तुष्टि
ग्रासरुट टेनिसलाई सिद्धार्थ बैंकको सहयोग
रोटरी क्लब लेखनाथद्वारा विद्यालयलाई शुद्ध खानेपानी उपकरण सहयोग
पुष्प सदन एकेडेमीको अभिभावक दिवस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया