बेगनासतालमा बराहक्षेत्र निर्माण अभियान सुरु

पोखरा ।
पोखरा ३१ बेगनासतालको बीच भागमा पर्ने कँडेल टुँडामा बराह मन्दिर निर्माण गर्नका लागि बिहीबार निर्माण समिति बनेको छ ।
बेगनासताल धार्मिक तथा पर्यटन विकास संस्था र बेगनासताल बराह क्षेत्र विकास समितिले संयुक्त रुपमा भएको भेलाले निर्माण समिति र अनुगमन समिति गठन गरेको हो ।
निर्माण समिति अध्यक्षमा धु्रवनाथ अधिकारी, उपाध्यक्ष विष्णु सुवेदी, सचिव दीपकराज कँडेल र कोषाध्यक्षमा गंगाराम सुवेदी छन् ।
यस्तै, सदस्यमा कृष्णप्रसाद ढुंगाना, सुरेन्द्र कँडेल, शंकर कँडेल, सीता कार्की, प्रदीपराज कँडेल, चन्द्रकान्त तिवारी र वीरभद्र कँडेल छन् ।
भेलाले पोखरा ३१ का वडाध्यक्ष ढकनाथ कँडेलको संयोजकत्वमा ७ सदस्यीय अनुगमन समिति बनाएको छ । समितिका सदस्यमा मित्रलाल भण्डारी, शोभाखर कँडेल, सस्र्यराज तिवारी, शान्ति खनाल, भरतराज ढकाल र यदुनाथ कँडेल छन् ।
ग्ण्डकी प्रदेश पर्यटन मन्त्रालयको ५० लाखमा उक्त मन्दिर निर्माण हुन लागेको हो । यसका लागि पोखरा महानगरपालिकाले गत साल ११ करोड लागतसहितको डिपिआर तयार गरेको थियो ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया