फेसबुक ह्याक गरी ठगी गरेकाे आराेपमा पाेखराका आशिष पक्राउ

समाधान संवाददाता २०७९ माघ २७ गते १७:०५

पोखरा ।
पोखरा– १९ लामाचौरका २३ वर्षीय आशिष परियार पक्राउ परेका छन् । फेसबुक अकाउन्ट ह्याक गरी ठगी गरेको आरोपमा परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार परियारले अमेरिकामा बस्ने एक जना नेपालीको फेसबुक अकाउन्ट ह्याक गरी सहयोग गर्न भन्दै म्यासेज पठाएका थिए ।

उनले सहयोग रकम जम्मा गर्न नेपालकै बैंकको खाता नम्बर पनि दिएका थिए । उनले दिएको खातामा मोबाइल बैंकिङमार्फत ५० हजार रुपैयाँ आएको थियो ।

Advertisement

पैसा पठाएको तीन–चार दिनसम्म उताबाट कुनै प्रतिक्रिया नआएपछि के भएछ भनेर पैसा पठाएको व्यक्तिले साथीका आफन्तलाई सम्पर्क गर्दा फेसबुक ह्याक भएको तथ्य खुलेको थियो ।

साइबर ब्युरोमा निवेदन दिएपछि अनुसन्धान गर्दै जाँदा प्राविधिक सबुत प्रमाण र ह्यूमन इन्टेलिजेन्सको आधारमा प्रोफाइल ह्याक गरी सहयोगको बहाना बनाई रकम संकलन गरेको खुलेको प्रहरीको भनाइ छ ।

Advertisement

जिल्ला अदालत काठमाडौंबाट दुई दिनको म्याद लिएर परियारमाथि थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

तपाईको प्रतिक्रिया