सार्वजनिक प्रशासनको फोहोर सफा गर्ने अख्तियारकाे प्रतिवद्धता

पोखरा ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोगको पोखरा कार्यालयले शुक्रबार खुला रक्तदान आयोजना गरेको छ । कार्यक्रममा ४१ युनिट रगत संकलन भएको आयोगको पोखरा कार्यालयका प्रमुख पार्वती शर्माले जानकारी दिइन् ।
कार्यक्रममा सुरक्षा निकाय, पोखरा महानगरपालिका, नागरिक समाजका प्रतिनिधिको सहभागिता थियो । कार्यालय प्रमुख शर्माले संवैधानिक निकायको रुपमा रहेको आयोगले नेपालमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनमा काम गर्ने बताइन् ।
संविधानको मर्मअनुसार आयोगले दण्डात्मक, निरोधात्मक, प्रर्वद्धनात्मक र संस्थागत क्षमता विकासका रणनीतिलाई अंगीकार गरी कार्यसम्पादन गर्दै आएको जानकारी दिइन् ।
आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन तथा नियमावली, भ्रष्टाचार निवारण ऐन, लगायतका प्रचलित कानुनी व्यवस्था र आयोगको काम कारवाहीसम्बन्धी कार्यविधि, निर्देशिका एवं मापदण्डमा आधारित भएर सदाचार, निष्पक्षता र निर्भिकताको सिद्धान्त अवलम्बन गरी कार्यसम्पादन गरेको उनले उल्लेख गरिन् ।
आयोगका पोखरा कार्यालयका सूचना अधिकारी राजु कुँवरले खुला रक्तदान, सरसफाइ, अन्तक्र्रिया लगायतका कार्यक्रम गरी आयोगको स्थापना दिवस मनाएको जानकारी दिए । उनले भ्रष्टाचार नियन्त्रणको प्रवद्र्धनात्मक कार्यक्रमको रुपमा स्थापना दिवस मनाएको बताए ।
स्थापना दिवसको सन्दर्भमा आयोगको कार्यालय, पोखरा कार्यालयले सेती नदी किनारामा सरसफाइ गरेको छ । नागरिक समाज कास्कीसँगको सहकार्यमा सेती नदीको तुल्सीघाटदेखि शान्तिघाटसम्मको सफाइ अभियानमा संकलित झण्डै १५ टन फोहरमैलालाई व्यवस्थापन गरिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नगरवासीको सहभागिताबाट सुन्दरता र सौन्दर्यकरणको काम भएको बताए ।
‘घर घरमा फोहरमैला वर्गीकरण गरी व्यवस्थापन गरे महानगरको सरसफाइ अभियानलाई ठूलो सहयोग पुग्छ,’ मेयर आचार्यले भने, ‘घरदेखि मृत्यु संस्कार गर्ने थलोसम्मको सरसफाइले तुलसीघाट र शान्तिघाटलाई पवित्र राख्न सहयोग पुगेको छ ।’ मेयर आचार्यले रामघाट तथा शान्तिघाट व्यवस्थापनलाई बजेटसहित २ कर्मचारीको व्यवस्थापन गरेको जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका प्रमुख पार्वती शर्माले नदीनालाको सरसफाइ गरे जस्तै नेपालको सार्वजनिक प्रशासनको फोहोरलाई सफा गर्न सचेतनामूलक कार्यक्रम आवश्यक रहेको उल्लेख गरिन् । उनले सार्वजनिक सेवाको क्रममा आचरण विपरीत काम गर्नेलाई सार्वजनिक रुपमा बहिस्कार गर्नुपर्ने बताइन् ।
नागरिक समाज कास्कीका पूर्व संयोजक रामबहादुर पौडेलले सेती नदी सरसफाइका क्रममा रामघाट वरी परीको जीर्ण संरचना निर्माणका लागि पोखरा महानगरपालिकाका मेयर आचार्यलाई ध्यानाकर्षण गराइएको बताए । उनले सेती नदी वरीपरी फोहर मैला गर्नेलाई कानुनी कारवाहीको दायरा ल्याउन पहल गर्ने बताए ।
सरसफाइ अभियानमा पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय कास्की, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सरकारी कार्यालय तथा नागरिक संघ, संस्थाका प्रतिनिधिको सहभागिता थियो ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया