बेनी–जोमसोम सडकमा दैनिक ७ घण्टा बन्द हुँने

समाधान संवाददाता २०७९ माघ २७ गते १८:४०

जोमसोम–राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमा टाईम कार्ड लागु गरिएको छ ।कालिगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)सडक आयोजना अन्तर्गत बेनी–गलेश्वर सडकखण्डको स्तरोन्नति गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय म्याग्दीले फागुन १ गतेदेखि फागुन १५ गतेसम्म दैनिक ७ घण्टा बन्द गर्ने गरी दुई हप्ताका लागि टाईमकार्ड लगाएको हो ।

Advertisement

म्याग्दी प्रशासनले शुक्रबार एक सूचना प्रकाशित गरी बेनी–जोमसोम सडकको बेनी गलेश्वर खण्डमा दैनिक ३ चरण गरी ७ घण्टा सडक बन्द हुँने जनाएको हो ।म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माका अनुसार बेनी–गलेश्वर सडक खण्डमा बिहान ६ बजेदेखि ८ बजेसम्म,दिउँसो साँढे ११ बजेदेखि साँढे १ बजेसम्म र राती साँढे ८ बजेदेखि साँढे ११ बजेसम्म कायम हुँने गरी टाईम कार्ड जारी गरेको हो । म्याग्दी प्रशासनले फागुन ६ गते महाशिवरात्रीका दिन भने सडक बन्द नहुँने जनाएको छ ।

राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक अन्तर्गत बेनी–गलेश्वर ३ किमी सडक स्तरोन्नति तथा कालोपत्रेका लागि भौतिक पूर्वाधार मन्त्रालयले बजेट विनियोजन गरेको थियो । कुल लागत १६ करोड ६० लाख मध्ये १२ करोड ७५ लाखमा जय धनन्जय÷मंगलादेवी सुवास जेभीले ठेक्का सम्झौता गरेको थियो ।

तपाईको प्रतिक्रिया