लेकसाइडको सेलवेज टावरमा आगलागी

समाधान संवाददाता २०७९ माघ २८ गते १८:०४

पोखरा स्थित लेकसाइडको सेलवेज टावरमा आगलागी भएको छ । लेकसाइड हल्लनचोकमा रहेको सेलवेज टावरका अन्र्डग्राउण्डमा विद्युत सर्ट भइ आगलागी हुँदा त्यहाँ भएका पसल तथा रेष्टुरेन्टमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका हरि पौडेलका अनुसार करिब आधा घण्टा अगाडीदेखि आगलागी भएको हो ।
आगलागी नियन्त्रण लिइरहेका दमकल चालक रामजी केसीका अनुसार आगलागी नियन्त्रण नजिक छ । ‘आधा घन्टा भयो । अब आगलागी नियन्त्रण लिँदै छौं ।’ स्रोतका अनुसार बिजुली सर्ट भएपछि आगलागी भएको हो । क्षतिको विवरण करोडभन्दा माथि नै आउने प्रारम्भिक अनुमान गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया