लेकसाइडको आगलागी साढे २ घन्टापछि निभाइयो

पोखरा ।
लेकसाइडको सेलवेज टावरमा लागेको आगलागी झन्डै साढे २ घन्टापछि निभाइएको छ ।
लेकसाइड हल्लनचोकमा रहेको सेलवेज टावरका अन्डरग्राउण्डमा विद्युत सर्ट भई दिउँसो साढे ३ बजेदेखि आगलागी भएको थियो । आगलागी भएको साढे २ घण्टापछि ६ बजे नियन्त्रणमा लिइएको कास्की प्रहरीका इन्स्पेक्टर र हरि पौडेलले बताए । डिपार्टमेन्टको अन्डग्राउन्डबाट सुरु भएको आगोले सेलवेज डिपार्टमेन्ट स्टोरसहित सप, दोर्जेज बार एन्ड ग्रिल, नासा ट्रेकिङ इकुप्मेन्ट लगायत पसल र केही बैंकका एटीएम मेसिनहरूमा पनि क्षति पुगेको छ ।
अन्डग्राउन्डबाट सुरु भएको आगलागी नियन्त्रणमा लिन ३ वटा दमकल प्रयोग भएको थियो । दमकल चालक रामजी केसीका अनुसार आगलागी भएको क्षण भरमा पुग्दा पनि एम्बुलेन्स जान नसक्दा कठिन भएको हो । ‘पोखरा महानगरपालिकाका २ वटा र अन्तर्राष्ट्रिय विमानस्थलका १ वटा दमकलको प्रयोग गरेर आगो नियन्त्रणमा आयो,’ उनले भने । उक्त भवनमा हिमालयन जाभा, नबिल बैंकको शाखा लगायत पनि रहेका थिए । क्षतिको यकिन विवरण भने आइसकेको छैन । यद्यपि क्षतिको विवरण करोडभन्दा माथि नै आउने प्रारम्भिक अनुमान गरिएको छ ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया