निवृत्त शिक्षक समुदायको रजत जयन्ती

पोखरा ।
निवृत्त शिक्षक समुदाय कास्कीले शनिबार विशेष कार्यक्रम गरी रजत जयन्ती मनाएको छ । २०५२ सालमा स्थापित संस्थाले विविध कार्यक्रम गरी २५ औं स्थापना दिवस मनाएको हो ।
संस्थाले रजत जयन्ती स्मारिका विमोचन, सम्मान तथा पुरस्कार वितरण गरी वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा वामनकुमारी पराजुली र रामचन्द्र ढुंगानालाई सम्मान गरिएको थियो ।
अक्षयकोषदाताहरु जर्ज जोन, क्षेत्रबहादुर कुँवर, कृष्णराज पौडेल, दिननाथ बास्तोला र विश्वराज पौडेललाई सम्मान गरिएको थियो । वक्तृत्वकला प्रतियोगिताका विजेतालाई पनि पुरस्कार वितरण गरिएको थियो । प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनीहरुलाई सम्मानित गरे । उनले पुरस्कर वितरणसमेत गरेका थिए ।
प्रदेश प्रमुख गुरुङले लामो समय शिक्षण सेवामा बिताएका निवृत्त शिक्षकहरुलाई राज्यले उपेक्षा गर्न नहुने विचार व्यक्त गरे । यसका लागि सबै शिक्षक आफ्नो हकहितका लागि एकताबद्ध भएर लाग्नुपर्ने बताए ।
कार्यक्रममा शिक्षक समुदायका केन्द्रीय उपाध्यक्ष तोयनाथ लामिछाने, संस्थाका सल्लाहकार रामराज रेग्मी, स्मारिका सम्पादक मण्डलका संयोजक नारायणबहादुर पण्डित, अक्षयकोषदाता कृष्णराज पौडेल, आजीवन सदस्य मित्रलाल सापकोटा, उपाध्यक्ष नरबहादुर गुरुङ लगायतले निवृत्त शिक्षकहरुलाई सरकारले विषेश व्यवस्था गर्नुपर्ने बताए ।








शान्ति श्रीष मगरको नयाँ गीत
प्यारामाउन्ट पब्लिक स्कुलको अभिभावक दिवस
पर्यटनमा साझेदारी बढाउँदै पोखरा–ढोरपाटन ‘टुर’ सम्पन्न
हिमालय क्रिकेट एकेडेमी कपमा नवीन र डायमण्ड विजयी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया