फागुन ४ गतेदेखि काहुँ धरहरा महोत्सव

पोखरा ।
चौथो सस्करणको काहुँ धरहरा महोत्सव आगामी फागुन ४ गतेदेखि हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई बढावा दिने उदेश्यले महोत्सव आयोजना गरिएको आयोजक जनकल्याण युवा क्लबले जनाएको छ ।
महोत्सवनमा खेल पर्यटनलाईसमेत जोड्ने गरी पर्वतिय दौड समावेश गरीएको क्लबका अध्यक्ष देशबहादुर गुरुङले जानकारी दिए । महोत्सवमा पोखरा महानगरपालिकाको रानीपौवादेखि काहुँडाडासम्मको ७ किलोमिटर दुरीमा पर्वतिय दौड प्रतियोगिता हुनेछ ।
प्रतियोगितामा सहभागिताका लागि दर्ता खुलिसकेको अध्यक्ष गुरुङले बताए । प्रतियोगितामा प्रथम हुनेले १० हजार, दोश्रो हुनेले ७ हजार, तेश्रोले ५ हजार र सान्त्वनाले ३ हजार रुपैया नगद पुरस्कार प्राप्त गर्नेछन् ।
उत्कृष्ट २० जनालार्ई मेडल प्रदान गरिने आयोजकले जनाएको छ । महिलातर्फको ईभेण्टमा पनि सोही बराबरको पुरस्कार राशी राखिएको छ । फागुन ४ गते हुने महोत्सवको उद्घाटनका दिन बिहान दौड आयोजना हुनेछ ।
पोखराको मुख्य बजारदेखि करिब ६ किलोमिटरको दुरीमा रहेको काहुँमा चौथो पटक काहुँ धरहरा पर्यटन महोत्सव हुन लागेको हो । महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास आयोजकको छ ।
क्लवका अध्यक्ष देव बहादुर गुरुङले काहूँको शुन्दरता र त्यहाँ अवस्थित धरहरालाई प्रचारप्रसार गरी आन्तरीक पर्यटनको बृद्धि गर्ने लक्ष्यसहित महोत्सव आयोजना गर्न लागिएको बताए । २०२६ सालमा निर्मित काँहु धरहरा मुख्य बजारबाट नजिकै रहेरपनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको उनको ठम्याई छ ।
काहुँ घरहरालाई पोखराको दृष्यावलोकनको गन्तब्य स्थानको रुपमा विकास गर्न महोत्सवको उल्लेख्य भूमिका रहने उनको भनाइ छ । यसअघि २०६२, २०६५ र २०७५ सालमा क्वलवले महोत्सव सम्पन्न गरिसकेको छ ।
काहुँ धरहरा तथा काहुँ डाँडाबाट बाट सुर्यदय, माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमश्रृंखला, वनजंगल, सेती नदी, लगायतका दृश्यवलोकन गर्न सकिन्छ ।
काहुँ धरहरासम्म पुग्न अहिले पिच सडक निर्माण भएको छ । काहुँ समुन्द्री सतहबाट १ हजार ४ सय ६० मिटरको उचाईमा रहेको छ ।
तपाईको प्रतिक्रिया