पोखराको महेन्द्रपुलमा कारको ठक्करबाट आमाछोरा घाइते
समाधान संवाददाता
२०७९ माघ २९ गते १४:४१

पोखरा ।
पोखराको महेन्द्रपुलमा कार अनियन्त्रित हुँदा २ जना घाइते भएका छन् । कारको ठक्करबाट सडकमा पैदल यात्र गरिरहेका आमाछोरा घाइते भएको कास्की प्रहरीका इन्स्पेक्टर ज्ञान खड्काले बताए ।
महेन्द्रपुलको पुलमै ग ३ च २६६२ नम्बरको कारले ठक्कर दिँदा म्याग्दीको धौलागिरी गाउँपालिका वडा नम्बर ३ घर भएका फुलमाया विक र उनका छोरा १८ वर्षीय विष्णु विक घाइते भएको इन्स्पेक्टर खड्काले बताए । महेन्द्रपुलका पुल नजिकै पैदल यात्र गरिरहेका उनीहरु आमा गम्भिर घाइते भएपनि छोराका अवस्था सामान्य छ । उनीहरु दुवैको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भइरहको इन्स्पेक्टर खड्काले बताए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया