लखन सहकारीमा शिक्षा तालिम

समाधान संवाददाता २०७९ माघ २९ गते १५:३७

पोखरा ।
लखन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा–१० ले आफ्ना सेयर सदस्यका लागि एक दिने सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ ।

Advertisement

बिहीबार आयोजित तालिममा सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेशका निमित्त कार्यालय प्रमुख चोलाकान्त वाग्ले र शाखा अधिकृत महेशराज पौडेलले प्रशिक्षण दिएका थिए ।

सहकारी संस्थाका अध्यक्ष पूर्णबहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी सेयर सदस्यहरूलाई सहकारी ऐन, कानुन, नियमावली एवं सहकारी सिद्धान्तका बारेमा जानकारी गराइएको थियो ।

सो अवसरमा वित्तीय साक्षरतासम्बन्धी ‘समृद्धि’ नामक वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो । शिक्षा उपसमितिका संयोजक रूद्रबहादुर श्रीसले तालिम सहजीकरण गरेका थि

Advertisement

तपाईको प्रतिक्रिया