निवृत्र शिक्षक समुदायको रजत जयन्ती

पोखरा ।
निवृत्त शिक्षक समुदाय कास्कीले शनिबार विशेष कार्यक्रम गरी रजत जयन्ती मनाएको छ । २०५२ सालमा स्थापित संस्थाले विविध कार्यक्रम गरी २५ औं स्थापना दिवस मनाएको हो । संस्थाले रजत जयन्ती स्मारिका विमोचन, सम्मान तथा पुरस्कार वितरण गरी वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा वामनकुमारी पराजुली र रामचन्द्र ढुंगानालाई सम्मान गरिएको थियो । अक्षयकोषदाताहरु जर्ज जोन, क्षेत्रबहादुर कुँवर, कृष्णराज पौडेल, दिननाथ बास्तोला र विश्वराज पौडेललाई सम्मान गरिएको थियो । वक्तृत्वकला प्रतियोगिताका विजेतालाई पनि पुरस्कार वितरण गरिएको थियो । प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनीहरुलाई सम्मानित गरे । उनले पुरस्कर वितरणसमेत गरेका थिए ।
प्रदेश प्रमुख गुरुङले लामो समय शिक्षण सेवामा बिताएका निवृत्त शिक्षकहरुलाई राज्यले उपेक्षा गर्न नहुने विचार व्यक्त गरे । यसका लागि सबै शिक्षक आफ्नो हकहितका लागि एकताबद्ध भएर लाग्नुपर्ने बताए ।
कार्यक्रममा शिक्षक समुदायका केन्द्रीय उपाध्यक्ष तोयनाथ लामिछाने, संस्थाका सल्लाहकार रामराज रेग्मी, स्मारिका सम्पादक मण्डलका संयोजक नारायणबहादुर पण्डित, अक्षयकोषदाता कृष्णराज पौडेल, आजीवन सदस्य मित्रलाल सापकोटा, उपाध्यक्ष नरबहादुर गुरुङ लगायतले निवृत्त शिक्षकहरुलाई सरकारले विषेश व्यवस्था गर्नुपर्ने बताए ।







महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया