सकियो चापाकोट महोत्सव

पोखरा ।
चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव २०७९ आइतबार सकिएको छ । चापाकोट पर्यटन प्रर्वद्धन समितिको आयोजनामा चापाकोट देउरालीमा २४ गतेबाट महोत्सव सुरु भएको थियो ।
महोत्सवमा भएको नाैमती बाजा प्रतियोगितामा पहिलो बनेको सगरमाथा नौमती बाजाले ३३ हजार ३ सय ३३ रुपैयाँ, दोस्रो सिन्धुली कला घरले २२ हजार २ सय २२ र तेस्रो चापाकोट नौमती बाजाले ११ हजार १ सय ११ रुपैयाँ पाएका छन् । सान्त्वना सेदी बगर पञ्चेबाजाले ५ हजार ५ सय ५५ रुपैयाँ जितेको छ ।
खुला भजनतर्फ पहिलो पञ्चासे भजन समूहले ३३ हजार ३ सय ३३, दोस्रो ओखलढुंगा भजन समूहले २२ हजार २ सय २२, तेस्रो घडेरी भजन समूहले ११ हजार १ सय ११ र सान्त्वना औसेलुचौर भजन समूहले ५ हजार ५ सय ५५ रुपैयाँ जितेका छन् ।
रत्यौली प्रतियोगितामा पहिलो शिवशक्ति आमा समूहले ३३ हजार ३ सय ३३ रुपैयाँ पाएको छ । दोस्रो सहनशील आमा समूह बाम्दीले २२ हजार २ सय २२ रुपैयाँ, तेस्रो सिद्व बराहा मावि शिक्षिका समूहले ११ हजार १ सय ११ रुपैयाँ र सान्त्वना लौरुक आमा समूह र लालिगुराँस आमा समूहले ५ हजार ५ सय ५५ रूपैयाँ जितेका छन् ।
झाँक्रीतर्फ पहिलो हर्पन खोला तमु समाजले ५ हजार, दोस्रो राम मन्दिर आमा समूहले ३ हजार, तेस्रो मारकी टोल गुरुङ समूहले २ हजार र सान्त्वना मैदान पोखरी आमा समूहले १ हजार रुपैयाँ पाएका छन् ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले वडा विकासमा पछि परेको बताए । स्थानीय सरकारलाई थप सशक्त बनाउँदै समृद्धिको खाका कोर्नुपर्ने उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया